Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

औषधी त भेटियो तर किन यस्तो लापार्वाही ?

Published on 5:17:00 PM //

Gulmi Darshan

कहिले औषधीमा फोहोर भेटिने त कहिले जिल्ला अस्पातलमा डाक्टर नहुने अनी कहिले जिल्ला अस्पातलमै औषधी अभाब हुने फेरी आएको औषधी बाटोबटै हराउने कस्तो अचम्मको छ गुल्मीका अस्पातल र आयुर्वेद केन्द्रहरुको चर्तिकला । औषधी र उपचार जस्तो अती सम्बेदनशील कुराहरुमा किन यस्तो लापार्वाही हुन्छ ?
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारीको लापार्वाहिका कारण एक साताअघि बाटोबाटै हराएको केन्द्रका औषधि स्थानीय एक होटलमा फेला परेको छ । पाल्पाबाट एक बर्षको लागि ल्याइँदै गरेको ती औषधि तम्घासस्थित बसपार्कबाट हराएको थियो । 'औषधि अलपत्र परेको जानकारी पाएर मैले कार्यालयमा समेत खबर गरेको थिए,' औषधि व्यवसायी गणेश श्रेष्ठले भने । उता बसपार्कमा औषधि आएपछि भरियाले पनि श्रेष्ठलाई औषधि आएको बारेमा जानकारी गराएका थिए । त्यसैगरी बसचालकले पनि बसपार्कमै औषधि झारिदिएको श्रेष्ठलाई जानकारी गराएका थिए । सबैले जानकारी गराउदा गराउदै पनि केन्द्रले चासो नदेखाएछी ती औषधी तीन दिन्सम्म बाटोमै अलपत्र परेको थियो । 'तीन दिनसम्म बाटोमै अलपत्र परेको देखेपछि होटलमा ल्याएर राखेको हुँ,' चौधरी होटलका संचालक राजु श्रेष्ठले बताए । औषधि आएको जानकारी पाएपनि समयमै स्वास्थ्यले खोजतलास नगर्दा करिब २ लाख बराबरको १२ कार्टून औषधि हराएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग