Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चौटा खान गएकी बुढी झोलमा डुबेर मरी

Published on 5:38:00 PM //

Gulmi Darshan

चौटा खान गएका अर्खले गाविसस्थित सेउघा निमाविका प्रधानाध्यापक मुक्तिनाथ पन्थी र सहायक प्रधानाध्यापक सोमप्रसाद पन्थी चुर्लुम्म झोलमा डुबेका छन । उनिहरुलाई गुल्मी प्रहरिले उक्त स्कूलमा आगजानी गरेको आरोपमा पक्राउ गरी हिरासतमा राखेको छ । ०६५ माघ ८ गते आगो लगाउँदा बिद्यालयका सम्पूर्ण कागजात नष्ट हुनुका साथै कार्यालय भवनसमेत जलेर ध्वस्त भएको थियो । बिद्यालयको रकम हिनामिना गरी दुइजनाले प्रमाण नष्ट गर्ने उद्देश्यले सम्पूर्ण कागजपत्र र बिद्यालयमा आगो लगाएको आरोप विद्यालयको व्यवस्थापन समितिले लगाउदै आएको थियो । माघ २२ गते समितिले आरोपित दुई शिक्षकको नाममा उजुरी दिएपछि गिरफ्तार गरी हिरासतमा राखेको र अनुसन्धान जारी रहेको प्रहरी नायब उपरिक्षक राजेन्द्रकुमार पालिखेले बताए । कस्तो अचम्म है आफ्नै नुनपानी आउने ठाउमा आगो लगाएर ठुलो फाईदा हात पार्न खोज्ने प्रधानाध्यापक मुक्तिनाथ पन्थी र सहायक प्रधानाध्यापक सोमप्रसाद पन्थीकै लागि बनाएको जस्तो छ यो उखान "चौटा खान गएकी बुढी झोलमा डुबेर मरी ।"

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग