Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सोलारले गाउँ झलल

Published on 2:44:00 PM //

Gulmi Darshan

लोडसेडिङले सहर र गाउँ अन्धकार बनेको बेला गुल्मीको भार्से गाविसका भार्से र दबुङ भने सोलारको उज्यालोले झिलिमिली बनेका छन् । आजभन्दा कारीब ३ बर्षा पहिला भारतीय दुतावासले भार्से र दबुङ्का कारीब ५ सय घरमा सोलार जोडीदिएपछी गाउँलेलाई निकै सुविधा भएको छ । टुकी बालेर पढ्ने विद्यार्थीले चिमको उज्यालो पाएका छन् । साँझ परेपछि विस्तारामा जानेहरू रेडियो, टीभीबाट सूचना र मनोरञ्जन लिन पाएका छन् । गृहणीलाई राति पनि घरायसी काम गर्न सजिलो भएको छ । सोलारको उज्यालोले गाउँलेमा परिवर्तन ल्याएको स्थानीयवासी बताउँछन् । 'पहिला रात परेपछि ढोका लगाएर सुत्थ्यौं,' स्थानिय श्री थापाले भने, 'सोलारले यहाँका ४ हजार बासिन्दालाई सजिलो र रमाइलो भएको छ ।'

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग