Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कफी बेचेरै १ करोड

Published on 3:25:00 PM //

Gulmi Darshan
नेपालमै कफीको जिल्ला भनेर चिनिने गुल्मीबाट अर्गानिक कफी बिदेश निर्यात गरी करीब एक करोड बिदेशी मुद्रा भित्रिएको छ । आर्थिक बर्ष ०६४\६५को अवधिमा ग्रीन बिन कफी जापानमा १० टन र कोरियामा १५ टन गुल्मी अर्गानिक कफी निर्यात गरी सो मुद्रा भित्रिएको हो । जिल्ला सहअकारी संघ लिमिटेड गुल्मीका ब्यवस्थपक युवराज आचार्यका अनुसार गतबर्ष जापानमा १० टन र कोरियामा आठ टन कफी निर्यात गरिएको थियो । गुल्मी अर्गानिक स्थानिय बजारमा आठ टन खपत हुने जिल्ला सहकारीले जनाएको छ । गुल्मीको ४५ गाविसमा कफी खेती गरिएको र यस् बर्ष मात्र ३० हजार नयाँ बिरुवा रोपिएको कृषि अधिक्रित जनार्दन गौतमले बताउनुभयो ।
स्रोत: बुटवल टुडे

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग