Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"राज्य नै जिम्मेवार हुनुपर्छ......."

Published on 2:38:00 PM //

Gulmi Darshan

महिआ माथि हुने सबै खालका हिंसा न्युनिकरणको लागि राज्य नै जिम्मेवार हुनुपर्नेमा बिभिन्न मानवाधिकारकर्मी तथा पत्रकारहरुले बताएका छन । महिला मानवअधिकार रक्षक सञ्जाल गुल्मीले सदरमुकाम तम्घासमा ०६५ फागुन ६ गते "महिला हिंसा न्युनीकरणमा राज्यको दायित्व" विषयक अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताइएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल लोकतान्त्रिक महिला सञ्जालकी अध्यक्ष विष्णु सापकोटाले महिलाहरू आर्थिक रूपले सक्षम नहुँदा पनि घरेलु हिंसा तथा महिला हिंसाबाट पीडित हुने गरेको बताइन् । उक्त कार्यक्रममा मानवअधिकारकर्मी जानकी ज्ञवाली, सरिता घिमिरे, पत्रकार कल्पना विश्वकर्मालगायतले हिंसा न्युनीकरणको लागि राज्य नै जिम्मेवार हुनुपर्ने बताए । सीता भुसालको अध्यक्षतामा सम्पन्न कायक्रमको सञ्चालन हीरा कुँवरले गरिन् । उक्त महिला भेलाले सीता भुसालको अध्यक्षतामा १७ सदस्यीय नयाँ सञ्जालको समेत चयन गरेको छ ।
स्रोत: ईन्सेक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग