Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा महोत्सव गरिने

Published on 9:31:00 PM //

Gulmi Darshan
आउँदो वैशाख महिनामा गुल्मी जिल्लामा पहिलो पटक रेसुङ्गा महोत्सवको आयोजना गरिने भएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गा क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी आन्तरिक तथा वाहृय पर्यटक भित्रयाउने उद्देश्यले रुरु रेसुङ्गाक्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीको आयोजनामा उक्त महोत्सव गरिन लागेको हो ।
महोत्सव तयारीका लागि रुरु रेसुङ्गाक्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीका अध्यक्ष निमबहादुर पाण्डेयलाई महोत्सव तयारीका लागि संयोजकसमेत तोकिएको छ । "कृषि, जडीबुटी, पर्यटन, उद्योग र व्यापारमा पनि सुधार गर्ने आशा गरिएको छ", पाण्डेयले बताउनुभयो । संयोजक पाण्डेयका अनुसार महोत्सव सम्पन्न गर्न चाडै नै एक बृहत् र्सवपक्षीय भेलाको आयोजना गरी कामको बाँडफाँडसमेत गरिने छ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा संगीतिक तथा हास्यव्यङ्ग्य कार्यक्रम प्रदर्शन तथा औद्योगिक तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिने जनाइएको छ ।
रेसुङ्गा क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी आन्तरिक तथा वाहृय पर्यटक भित्रयाउने, कृषि व्यवसायको आधुनिकीकरणमा मद्दत पुर्‍याउने, प्रविधि पहिचान, स्वदेशी उत्पादनलाई उपभोक्ताबीच परिचित गराउने उद्देश्य रहेको सो महोत्सवमा विविध सामग्रीसहितका स्टलहरु राखिने जानकारी प्राप्त भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग