Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिहेको नौटङ्किले उडायो १ लाख ७२ हजार

Published on 3:14:00 PM //

Gulmi Darshan
बिहेभोजको नाटक गरेर होटल मालिकलाई नसालुपदार्थ खुवाई गुल्मी सदरमुकाम तम्घासस्थित एक रेस्टुरेन्टमा लुटपाट गरी अपरिचित युवायुवती फरार भएका छन् । तम्घासको उदिनढुंगास्थित नयाँ बसपार्कको न्यू श्रेष्ठ सेकुवा कर्नरमा मंगलबार राति बास बस्न आएका युवायुवतीले लुटपाट गरेका हुन् ।
आफूहरूले बिहे गरेको खुसीयालीमा भन्दै उनीहरूले फ्रुटी खुवाएपछि बेहोस भएको पीडित होटलमालिक गीता श्रेष्ठले बताइन् । उनका श्रीमान् ताराप्रसाद पनि फ्रुटी खाएर बेहोस भएका थिए । मुखमा रुमाल बाँधेर आएका अन्दाजी २० वर्षीय युवक र कपालमा पछ्यौरा राखेकी युवतीले आफूहरूलाई झुक्याएको गीताको भनाइ छ । 'बिहे गरेको खुसीयालीमा फ्रुटी खाऊँ भने, खायौँ, बेहोस भएपछि घरमा रहेको एक लाख ७२ हजार लुटेर लगेछन्,' उनले गुनासो गरिन् ।
बिहान नौ बजेसम्म पसल नखुलेपछि खोजतलास गर्दा होटलधनी दम्पती बेहोस अवस्थामा भेटिएको स्थानीय अजय पन्थीले बताए । 'सधैँ बिहानै खुल्ने पसल अबेरसम्म नखुलेपछि हेर्‍यौँ, दुवैजना बेहोस भएको देखेर खोजतलास गर्दा लुटपाट भएको रहस्य खुल्यो ।' उनीहरू बेहोस भएपछि अपरिचित युवायुवतीले रकम लुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीले पनि पुष्टि गरेको छ ।
साभार: नयाँपत्रीका

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग