Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाहुनाको पालो....

Published on 9:17:00 PM //

Gulmi Darshan

अफगानिस्तान कन्दहर एअरपोर्ट नजिकै अमेरिकि बेश क्याम्पमा ड्युटी गर्दै गुल्मी शन्तिपुरका दुर्गा थापा मगर । थापा आठार बर्ष भारतीय सेनामा जागिर गरी अवकाश पश्चात अफ्गानिस्तान पुगेका हुन । उनी ३ बर्ष अघिदेखी संयुक्त राष्ट्रसंघ अन्तर्गत International Security Assistant Force (ISAF)मा सिक्युरिटी गार्डको रुपमा कार्यरत छन । अफ्गानिस्तानमा राम्रो कमाइ हुनेहुँदा थुप्रै नेपालीहरु त्यसतर्फ जाने गर्दछन । खासगरी तालेवानको पतनपछी नेपालीहरु अफ्गानिस्तान जान थालेका हुन । हाल त्यहाँ हजारौ नेपालीहरु रहेको बताइन्छ । राष्ट्रसंघ, एशियाली बिकास बैङ्क जस्ता अन्तराष्ट्रिय संघसंस्थामा काम गर्नेहरूको सुरक्षाको जिम्मेवारी सम्वन्धित संस्थाहरूले नै लिनेगर्दछन तर निर्माण कार्यहरू, होटेल व्यवसाय, घरेलु कामदार तथा अन्य मजदूरी गर्नेहरुको सुरक्षा स्थिति त्यति दह्रिलो र तिनिहरूको सुरक्षास्थितिका बारेमा चाहिँ चिन्ताको स्थिति छ ।
फोटो सौजन्य: बिष्णु आचार्य
(सुचना: तपाईंसँग पनि गुल्मी र गुल्मेलिसँग सम्बन्धित फोटो तथा समाचार छ भने गुल्मी दर्शनको ईमेलमा पठाउन सक्नुहुनेछ ।)

Tags:

3 comments

  1. Hami nepali ko arukai sewa ma jiban jane bho....

    ReplyDelete
  2. शान्तिपुरे दाजु प्रति मेरो नमस्कार । अनि जानकारिको लागि सन्जु जी लाइ पनि धन्यबाद । साच्चै अरु कति हुनुहुन्छ गुल्मेलि हरु?

    ReplyDelete
  3. सर्बप्रथम नयाँ बर्ष २००९ ले सम्पूर्ण प्रबासी नेपाली हरुको सु-स्वास्थ्य दिर्घायु तथा प्रगतिको कामना गर्दछु।
    हामी नेपाली हरुको पुर्खाले कमायको बहादुरिलाई जोगाइनै रहेका छम साथै हाम्रो इमान्दरी को करणले पनि नेपाली हरुलाई विश्वाका धेरै देशहरुमा सेक्युरोटी गार्डमा लाने गरिन्छ तर आप्नो जिम्मेवारी को साथै शरीरको पनि ख्याल गर्न जरुरी छ।

    कृष्ण जि सी
    अबु धबी यू ए ई बाट

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग