Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गर्नु गर्‍यौ ब्यापारी भेली भित्र ईट्टा हालेर

Published on 6:30:00 PM //

Gulmi Darshan


बलारामले खाट्टी दुधमा पानी मिसाएर बेचेको त हामीलाई थाहा छदै छ । थुप्रै पटक सुनियो र देखियो पनि बलाराम र सुन्तलिको भनाभन । बलरामको कुरा मात्र होइन चामलमा ढुङ्गा मिसाउन, मट्टितेलमा पानी मिसाउन, पेट्रोलमा डिजेलमट्टीतेल मिसाउन, रक्सिमा बिष मिसाउन त्यसै गरी होटेलका भातमा सोडा मिसाउन खप्पिस छन हाम्रा ब्यापारीहरु । यतिमात्र होइन हुँदा हुँदा आजकल त भेलिमा ईट्टा समेत मिसाउन थालिसकेछन । फेरी दाल चामलमा मिसाउने जस्तो टुक्राटाक्री हो र? सिङ्गै सात किलोको इट्टा । गुल्मीको तम्घासमा ४० किलो बराबरको भेलिको बोरामा सात किलो बराबरका दुइवोटा इट्टा फेला परेका छन । स्थानिय होटेल ब्यवसायी थमन बहादुर मगरले घरमा रक्सी पार्न भनी बुद्दिराम मरासिनिको पसलबाट किनेर लगेको भेलिको बोरामा ईट्टा भेटिएका हुन । गुल्मी जिल्लामा भित्रिने अधिकान्श भेलिमा ईटाका टुक्रा, ढुङ्गा, बलेका टायरका टुक्रा, सिसा, बालुवा लगायतका अखाध्य बस्तुहरु भेटिने उपभोक्ताहरुको गुनासो रहेको छ । यसरी जिल्लामा गुणस्तरहीन उपभोग्य सामानहरु भित्रिदा पनि प्रशासन र उपभोक्ता मन्च भने "गर्नु  गर्‍यौ ब्यापारी भेली भित्र ईट्टा हालेर" भन्ने गीत गुनगुनाउदै मस्त छन । क्या गज्जब छ है ब्यापारी, प्रशासन र उपभोक्ता मन्चको चर्तिकला ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग