Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मनाइयो गुल्मीमा प्रजातन्त्र दिवस

Published on 2:42:00 PM //

हीरा कुवँर
५९ औं प्रजातन्त्र दिवसको अवसरमा तम्घासमा ०६५ फागुन ७ गते र्žयालीका साथमा आमसभा कार्यक्रम सम्पन्न भएको छ । जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, संस्थागत प्रतिनिधि र नागरिकहरूको उल्लेख्य सहभागिता रहेको उक्त र्žयाली बजार परिक्रमापछि सभामा परिणत भएको थियो । सभामा बोल्दै प्रमुख अतिथि जिल्ला न्यायाधीश माधवराज पोख्रेलले जबसम्म जनता आफैले शासन गरेको महसुस गर्न सक्दैनन्, तबसम्म प्रजातन्त्रको सम्मान नहुने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकबीरजन रायमाझी, नागरिक समाज अध्यक्ष प्रेमनाथ अर्याल, शशि पन्थीलगायतले बोलेका थिए । स्थानीय विकास अधिकारी नरेशकुमार चापागाइँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्णमान सर्तुङ्गीले गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग