Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टोली नं. २३ अहिले सम्म गुल्मी पुगेन

Published on 10:52:00 PM //

Gulmi Darshan
आगमी बन्ने संविधानका लागि सुझाव संकलन गर्न हिडेको टोली अहिलेसम्म गुल्मी जिल्लामा पुगेको छैन् । पाल्पा र गुल्मी जिल्लाका लागि खटिएको सुझाव संकलन टोली नं. २३ पाल्पामै सुझाव संकलनमा व्यस्त भएकाले गुल्मी जिल्लामा आउन ढिलाई भएको स्थानीय प्रशासनले जनाएको छ । सभासद रमेश रिजालको नेतृत्वमा जिल्लाका सभासद प्रदिप ज्ञवाली र चन्द्रबहादुर थापाको टोली खटिएको छ । प्रमुख जिल्ला अधिकारी टेकबिर रायमाझीका अनुसार टोली फागुन ३० गते जिल्लामा आएर चैत्र १ गते र्सवपक्षिय बैठक बसेर चैत्र २ गते देखि ६ गतेसम्म गाउँ गाउँ पुग्ने छ । ७९ गाविस रहेको यो जिल्लालाई टोलीले पाँच दिनमात्र छुट्टयाएको छ । टोलीले दिएको समय अनुसार मैले जिल्लाका सबै गाउँ समेटिने गरी स्थान प्रस्तावित गरेको छु’ -प्रजिअ रायमाझीले भने-टोली आएपछि फेरबदल पनि हुन सक्छ ।’ उनले २८ गाविस रहेको निर्वाचन क्षेत्र नं. ३ का ५ स्थानमा, २५ गाविस रहेको निर्वाचन क्षेत्र नं. १ का ४ स्थानमा र २६ गाविस रहेको निर्वाचन क्षेत्र नं. २ का ७ स्थानमा सुझाव संकलनका लागि व्यवस्था मिलाएका छन् । तर तालिका टोलीले फेरबदल गर्न सक्ने पनि अधिकारी रायमाझीले बताएका छन् । चैत २ गते गाउँ पुगेर ६ गते फर्केको टोली जिल्ला स्तरीय १ दिनको कार्यक्रम सकेर चैत १० गते काठमाण्डौ र्फकने छ ।
स्रोत: नयाँभावना दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग