Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कही नभएको जात्रा गुल्मी वनमा

Published on 11:05:00 PM //

गुल्मी स्थित वन कार्यालयमा रिक्त कार्यालय सहायक पदका लागि दुई जना कर्मचारी सरुवा भएर आएका छन् । दुवैलाई एकै दिन सरुवा गरिएको हो । सरुवा हुनेमा मालपोत कार्यालयका ज्ञानबहादुर श्रीस र आयुर्वेद स्वास्थ्य केन्द्रका विद्याधर गौतम छन् । दुवैलाई सामान्य प्रशासन मन्त्रालयले माघ २३ गते सरुवा गरेको थियो । वन कार्यालयले भने पहिला आएको भन्दै गौतमलाई हाजिर गराउँदै श्रीसलाई फिर्ता पठाएको छ । श्रीसले भने सरुवा भए पनि वन कार्यालयले हाजिर नगराएपछि मालपोतमै र्फकेर काम गरिरहेका छन् । 'सरुवा भए पनि मालपोतमै काम गरिरहेको छु' श्रीसले भने, 'वन कार्यालयमा पदपूर्ति भइसकेको र मालपोतमा रिक्त भएपछि सरुवा बदर गर्न अनुरोध गरेको छु ।' श्रीस सरुवा हुँदा मालपोतमा उनको पद रिक्त भएको थियो । वन कार्यालयले पनि एक पद मात्र रिक्त रहेकोले श्रीसलाई अन्यत्रै सरुवा गर्न मन्त्रालयलाई पत्राचार गरेको छ । त्यसैगरी मालपोत कार्यालयमै कार्यरत अर्का कार्यालय सहायक तुलसीप्रसाद भण्डारीलाई पदै रिक्त नभएको जिल्ला सिंचाइ डिभिजन कार्यालयमा सरुवा गरिए पनि पद रिक्त नभएपछि पुनः सरुवा गरी रुपन्देहीको जोगीकुटीस्थित खानेपानी कार्यालय पठाइएको छ । 'रिक्त पदको अध्ययनै नगरी मन्त्रालयले हचुवाका भरमा सरुवा गरेकाले यस्तो अवस्था आएको हो' निजामती कर्मचारी युनियनका अध्यक्ष जयश्वर पन्थीले भने ।
स्रोत: कान्तिपुर दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग