Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनामा ४ घाइते

Published on 2:50:00 PM //

Gulmi Darshan

 बाग्लुङको बरेङबाट गुल्मीको शान्तिपुर आउँदै गरेको जिप मंगलबार शान्तिपुरको च्याँङ्दीमा दुर्घटनाग्रस्त हुँदा चारजना घाइते भएका छन् । लु१ज १४०२ नम्बरको जिप दुर्घटनाग्रस्त हुँदा चालक बाग्लुङ, ग्वालीचौरका डिलबहादुर परियार, बाग्लुङको बाटाकाचौरका सन्तोष न्यौपाने, गुल्मी शान्तिपुरका लक्ष्मण श्रेष्ठ र रूपाकोटका ठाकुर विक रहेको इलाका प्रहरी कार्यालय शान्तिपुरले जनाएको छ । घाइतेमध्ये चालक परियार र श्रेष्ठको अवस्था गम्भीर छ । घाइते चारैजनालाई उपचारका लागि पाल्पा लगिएको छ ।

जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । साँघुरो सडकमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग