Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विभिन्न स्थानमा आगलागी

Published on 12:37:00 PM //

गुल्मीका विभिन्न सामुदायिक र निजी वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । मंगलबारदेखि लागेको आगो नियन्त्रणमा नआएपछि स्थानीयवासी चिन्तामा छन् ।

तम्घास गाविसको अर्जुनडाँडा, ठूलोलुम्पेक, छापहिलेको छाप सामुदायिक वन, धुर्काेटवस्तुको बैराथुम सामुदायिक वन, अर्खले र नयाँ गाउँका विभिन्न वनमा आगो लागेको छ । अर्जुनडाँडामा अघिल्लो दिन लागेको आगो बुधबार साँझसम्म नियन्त्रणमा आएको छैन । स्थानीयवासी, प्रहरी, सेना, वाईसीएल, युथ फोर्सलगायतले आगो निभाउने प्रयास गर्दै आएका छन् । आगोले करिब ४० हेक्टर जंगल नष्ट भएको छ । झन्डै २ हजार मिटर उचाइमा रहेको उक्त डाँडामा रेडियो रेसुङ्गा र नेपाल टेलिभिजनको प्रसारण टावर छन् । स्थानीयवासी र सुरक्षाकर्मीको पहलमा सञ्चार उपकरण जोगाउन सकिए पनि आगो नियन्त्रणमा लिन नसकेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद पालिखेले बताए ।

त्यसैगरी छाप सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा झन्डै ८० हेक्टर वन क्षेत्र नोक्सान भएको छ । जंगलमा भीर र सुख्खा क्षेत्र भएकाले आगो नियन्त्रणमा लिन नसकेको जमलपोखरा निमाविका शिक्षक प्रेमबहादुर खड्काले जानकारी दिए । सुरक्षा निकायसमेत नपुगेकाले आगो नियन्त्रण गर्न समस्या परेको उनले बताए ।

त्यस्तै अर्खले र नयाँ गाउँ गाविसका जंगलमा समेत आगलागी भएको छ । धुर्काेटवस्तु गाविसको बैराथुम सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएको छैन । वरिपरि जंगल र बीचमा हर्रे, सौरपानी, अमराई, छिलिम्टेलगायतका गाउँमा घना बस्ती भएकाले झनै समस्या परेको बैराथुम सामुदायिक वनका अध्यक्ष ढुण्डीराज भण्डारीले जानकारी दिए । वनको क्षेत्रफल करिब ३५ हेक्टर छ ।

ठूलोलुम्पेक-१ चिलादीमा करिब ५० घरपरिवारको निजी खरबारी आगलागीले नष्ट गरेको छ । आगलागी भएको स्थान नजिकै रहेका लाचे र घारडाँडाका करिब १ सय घरका बासिन्दा आगलागीबाट जोखिममा परेको स्थानीय प्रगति रानाले बताए । लगातार चलेको हावाहुरीले आगो नियन्त्रणमा आउन सकेको छैन । आगो लगाउनेको पहिचान नखुलेको  प्रहरीले जनाएको छ 

स्रोत: कान्तिपुर दैनिक  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग