Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परपुरूषसँग अनैतिक सम्पर्क गरेको आरोपमा घरनिकाला

Published on 3:10:00 PM //

Gulmi Darshan

आफू भारतमा रहँदा श्रीमतीले परपुरूषसँग अनैतिक सम्बन्ध कायम गरी गर्भधारण गरेको आरोपमा गुल्मी जिल्लाको दर्लामचौर गाविसमा एकजनाले आफ्नी श्रीमतीलाई घरनिकाला गरेका छन् । गुल्मी दर्लामचौर-३ का कृष्ण विकले आफ्नी श्रीमती हरिमाया विक -नाम परिवर्तित) लाई  घरनिकाला गरेका हुन् । 

कानुनी उपचारको बाटो नखोजेर स्थानीय व्यक्तिहरू बसेर उनलाई घर निकाला गरेको माइती पक्षले आरोप लगाएका छन् । जेठी श्रीमतिलाई घर निकाला गरेपछि कृष्णले अर्को विवाह गरेर भारततर्फलागेका छन् । पटक-पटक परपुरूषसँगको सम्बन्ध रहेको भन्दै कृष्णले श्रीमतीलाई घर निकाला गरेपछि उनी केही समयदेखि माइतीमै बस्दै आएकी थिइन् ।   काखमा रहेको ४ वर्षीय बालकसमेत आफ्नो नभएर अर्कैको भएको आरोप कृष्णले लगाएका छन् । "एउटा छोरो पनि म भारतमै बसेको बेला अर्कैसँगको सम्पर्कबाट जन्मिएको हो । तर पनि घरको सबै जिम्मा लगाएर भारत बसेँ फेरी अर्कैको गर्भ रहेपछि सहन नसकेर समाज बटुलेको हुँ ।" कृष्णले भने । कानुनी रूपमा यस सम्बन्धमा खासै प्रष्ट कुरा उल्लेख नभए पनि सामान्यतया परपुरूषको बच्चा रहेको कुरा डीएनए परीक्षण गरी प्रमाणित भएमा मात्र सम्बन्धित व्यक्तिको जिम्मा लगाउनुपर्ने प्रावधान रहेको नेपाल बार एसोसिएसन गुल्मीका अध्यक्ष बिष्णु बलालले बताएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग