Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यार्थी बिच कुटाकुट

Published on 2:20:00 PM //

हीरा कुँवर
रेसङ्गा बहुमुखी क्याम्पसमा स्ववियु चुनावको मतपरिणाम सार्वजनिक भएलगत्तै ०६५ चैत ७ गते नेवि संघका विक्रम थापाले अखिल क्रान्तिकारीका विद्यार्थी जनक भण्डारीलाई क्याम्पस गेटमा कुटपिट गरेका छन्।
कुटपिटबाट सामान्य घाइते भएका भण्डारीसहित विद्यार्थीहरूको केही समूहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उता क्रान्तिकारीका विद्यार्थीहरूले नेविसंघका विद्यार्थीलाई प्रहरी कार्यालयभित्रै कुटपिट गरेको भन्दै चैत ७ गते राति नेविसंघका कार्यकर्ताले एक ओटा मोटरसाइकल जलाउनुका साथै तीनओटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन सेल अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका विद्यार्थीहरूलाई स्थानीय राजनीतिक दलको आपसी सहमतिमा चैत ७ गते राति नै मुक्त गरिएको थियो ।
उक्त क्याम्पसमा अखिलको संयुक्त प्यानलको तर्फबाट सभापति र नेवि संघले उपसभापतिसहित १० ओटा सिटमा विजय हासिल गरेका छन् । अहिले क्याम्पसको स्थिति सामान्य रहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग