Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन्दले गुल्मीको जनजीवन प्रभावित

Published on 4:13:00 AM //

हिरा कुँवर

रेसुङ्गा बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु चुनावको विषयलाई लिएर अखिल क्रान्तिकारीका विद्यार्थीले आफ्ना कार्यकर्तामाथि ०६५ चैत ७ गते हातपात गरेको भन्दै चैत १० गते नेविसङ्घ गुल्मीले गरेको जिल्ला बन्दले जनजीवन प्रभावित भएको छ । बन्दले गर्दा शैक्षिक संस्था, यातायात, बजार पूर्णरूपमा ठप्प छन् । रुरु संस्कृत विद्यापिठमा स्ववियु चुनाव पुनः गर्नुपर्ने, आफ्ना कार्यकर्तामाथि हातपात गर्नेहरूलाई कारबाही गर्नुपर्ने मागसहित आफूहरू आन्दोलनमा उत्रेको नेविसङ्घका जिल्ला अध्यक्ष कृष्ण अर्यालले बताए । उता अखिल क्रान्तिकारीले आफ्ना कार्यकर्तामाथि नेविसङ्घले गरेको कुटपिट र मोटरसाइकल आगजनीको विरुद्धमा अनिश्चितकालीन शैक्षिकसंस्था बन्दको घोषणा गरेको छ । बन्दले चैत १२ गते हुन लागिरहेको एसएलसी परीक्षाको तयारीमा समेत अप्ठ्यारो परेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग