Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेदना

Published on 2:34:00 AM //

भोजराज सापकोटा


म सानै थिए, बुवा र आमा जानु भो छोडेर
जिन्दगी मेरो अताशमा पर्‍यो सम्झन्छु रोएर ।
काका र काकी, छिमेकी पनि हप्काउछन मलाई
यी बाला दिनमा बगेका आशु, बताउ म कसलाई ?
अरुका छोरा स्कूल म जादा, म जान्छु बनैमा
बुवा र आमा बोलाउनु छैन, यी बाला दिनैमा ।
मनको कुरा मनैले काट्छ, सुन्दैन चरिले
म सानो केटा यो मेरो ब्यथा बुझ्दैन कसैले ।
कहिले र काही हे बुवा आमा, देख्दछु सपनी
कहाँ छौ नि हरे, हे बुवा आमा आउछु नि म पनि ।
अर्काको घरमा छोडेन हरे, खुर्पेटो डोकाले
जिन्दगी मेरो यत्तिकै बित्यो, पढ्नेको धोकाले ।
तुराङ् ८ झुर्म
हाल: फिन्ल्यान्ड
मोबाईल: +३५८४४५२२०१३३

Tags:

1 comment

  1. सर्बप्रथम त म गुल्मि दर्सन लाइ धेरै धेरै धन्याबाद दिन चाहन्छु कि मैले पठाएको फोटो लाइ प्रसारित गरि दिनु भएको मा हाम्रो अर्बेनि गा बि स सदरमुकाम बाट सबै भन्दा टाढा पर्छ टाढा भए र नै होला कुनै ठाउमा पनि नाम न आउने त्यसै ले हाम्रो गाउ को चिनारि त गराउनु पर्यो भने र गुल्मि दर्सन लाइ अनुरोध गरि को हो फेरि पनि गुल्मि दर्सन लाइ धन्याबद

    छबिलाल न्यौपाने
    गुल्मि अर्बेनि ७ पर्बतेडाडा
    साउदि अरबिया बाट

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग