Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हातो लाग्यो शुन्य

Published on 12:28:00 AM //

संविधानका लागि सुझाव संकलन गर्न गुल्मीका बिभिन्न क्षेत्रमा खटिएको टोली सुझाव संकलन नगरी रिक्तो हात र्फकन बाध्य भएको छ । र्सवसाधरणले सुझाव संकलनका लागि तयार गरिएका प्रश्नहरू बुझ्न नसकेपछि र्सवसाधरणको उपस्थिती समेत कम भएकाले गाउँ गाउँ पुगेको टोलीहरू रित्ता हात फर्कन बाध्य भएका हुन ।
तिन क्षेत्रमा चैत २ गते देखि गाउँ गाउँ पुगेका टोलीहरू बिहीवार सदरमुकाम तम्घास फर्कदै छन् । जनताको उत्साह बढी भएपनि प्रश्न बुझन नसकेकोले प्रश्नको जवाफ आउन नसकेको सुझाव संकलन टोली नं. २३ का संयोजक रमेश रिजालले बताए । उनको टोली निर्वाचन क्षेत्र नं. ३ मा खटेको छ । निर्वाचन क्षेत्र नं. १ मा खटियोको संयोजकको टोलीसंग शान्तिपुरमा २५/३० जनाले मात्र प्रश्नावलीहरूको बारेमा जानकारी राखेका थिए । जिल्लाका तिन वटै क्षेत्रमा पुगेका टोलीहरू समक्ष र्सवसाधारणले प्रश्नावली नभरेपनि देशलाई संघियताका आधारमा नटुक्रयाउन सुझाव दिएका छन् । त्यस्तै सर्वसारधणले छुवाछुतको अन्त्य गरिनुपर्ने, ग्रामिण क्षेत्रका समस्याहरू समाधानका लागि राजनीतिक दलहरूले खिचातानीको अन्त्य गर्नु पर्ने लगायतका माग राख्ने गरेको सभासद प्रदिप ज्ञवालीले बताए । र्सवसाधारणहरूले समय कम राखेर सुझाव टोलीले औपचारिकता मात्र पुरा गर्न खोजेको गुनासो समेत गरेका छन् ।
नयाँ संविधान निर्माणका लागि सुझाव दिनेक्रममा सर्वसाधारणले आगामी दिनमा सत्ताका लागि झगडा नगर्ने संविधान लेख्न पनि सभासद् टोलीलाई अनुरोध गरेका छन् । तुराङ गाविसमा भएको सुझाव संकलन कार्यक्रममा स्थानीय कृष्णप्रसाद सापकोटाले भने, 'भोलिका दिनमा हिजोको जस्तो लडाइँ नगर्ने कुरा संविधानमा लेख्नुहोला । मेरो यही सुझाव छ ।' क्षेत्र नम्बर २ को सृंगा र खज्र्याङ गाविसमा पुगेको टोलीलाई स्थानीयले राजनीतिक खिचातानीका कारण आफूहरूले दिएको सुझाव कार्यान्वयन हुनेमा आशंका गरे । 

र्सवसाधरणहरूले तत्काले प्रश्नहरूको जवाफ भर्न नसकेपछि गाविस सचिवहरूलाई सुझावको जिम्मा दिएर बुधवार विहिवार टोली सदरमुकाम र्फकने कार्यक्रम छ । ७९ गाविस रहेको यस जिल्लामा मुस्किलले ३० गाविसका र्सवसाधरणलाई टोलीले भेटेका छन् ।

स्रोत: नयाँभावना दैनिक

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग