Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तार छ, पोल पनि छ तर बिजुली छैन

Published on 12:20:00 AM //

लोडसेडिङ नभएको समयमा समेत एक साता देखि बिद्युत नियमित हुन नसक्दा गुल्मीको जनजिवन प्रभावित भएको छ । जिल्लामा एक सातामा मुस्किलले १०/१५ घण्टा मात्र विद्युत सुचारू भएको छ । दिनभर बिद्युत नआउने र आए पनि १०/१५ मिनेटमै जाने गरेका कारण जिल्लाका उद्योग, व्यापार व्यवसाय, साइवर, कम्प्यूटर इन्ष्टिच्यूट, रेमिटान्स संचालक, र संचार संस्थाहरू समस्यामा परेका छन् । गुल्मीमा प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङ गर्दै आएको छ । त्यो वाहेक लोडसेडिङ नभएको समयमा समेत विद्युत बन्द हुने गरेको छ ।
प्राधिकरणका प्रमुख शिवप्रसाद पाण्डे भने एक साता देखि बिदामा बुटवलमा बसेका छन् । पाँच-छ दिन भयो, म बुटवलमा छु ।’ -उनले भने लाइन के भएको भन्ने बारेमा बुटवलमा फोन गरेर जानकारी लिनु होला ।’ उनले आफु कार्यालयमा र्फकदै गरेको बताए । बिजुली अभावमा जिल्लाका अफसेट प्रेसहरू समेत ठुलो समस्या परेका छन् । प्रेसमा जिल्लाका अधिकांश विद्यालयका वाषिर्क परिक्षाका लागि पेपर छाप्ने काम भैरहेको भएपनि विद्युत सुचारू हुन नसक्दा निकै ठुलो समस्या परिरहेको श्रीकृष्ण अफसेट प्रेसका संचालक बेदप्रसाद पाण्डेले बताए । बत्तिको कुनै टुङ्गो नहुँदा हाम्रो व्यवसाय त चौपट भयो’-उनले भने-बत्ति अभावमा विहिवारबाट शुरू हुने परिक्षाका पेपर छाप्ने काम समेत ठप्प छ ।’
विद्युत कार्यालय गुल्मीका कर्मचारीहरू भने बत्ति के भएको भन्ने बारेमा समेत आफुहरूले समयमै जानकारी नपाउने गरेकाले समस्या भएको बताए । नेपाल विद्युत प्राधिकरणले बुटवल क्षेत्रको १ सय ३२ के.भि.ए. लाइनको विस्तार कार्य भैरहेका कारण गुल्मी जिल्लामा विद्युत सुचारू हुन नसेकेको राष्ट्रिय प्रशारण लाईन बुटवलका प्राविधिक नारायण खातीले बताए । उनले विहिवार देखि लाइन सुचारू हुने बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग