Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनिश्चित कालका लागि क्याम्पस बन्द

Published on 3:13:00 PM //

Gulmi Darshan

 स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनले क्याम्पस हाताभित्रै टायर जलाएपछि रेसुङ्गा बहुमुखी क्याम्पस प्रशासनले सो मबारदेखि अनिश्चित कालका लागि बन्द गरेको छ ।

स्ववियु निर्वाचनमा क्याम्पसका प्राध्यापकले फर्जी परिचयपत्र वितरण गरेको आरोप लगाउँदै विद्यार्थी संगठनले त्यसको छानबिनको माग गरेका थिए  । विद्यार्थी संगठनको मागबमोजिम प्रशासनले छानबिन समिति बनाएको थियो । तर समितिले आपmनो प्रतिवेदन नबुझाउँदै विद्यार्थीले अचानक सोमबार बिहान टायर बाल्ने र प्राध्यापकको पुत्ला दहन गरेपछि क्याम्पस बन्द गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पस प्रमुख शशी पन्थीद्वारा जारी सूचनामा 'आकस्मिक रूपमा क्याम्पस प्रांगणमा सहायक क्याम्पस प्रमुखको पुत्ला जलाउने, अपशब्द प्रयोग गर्ने  कार्यले क्याम्पस सञ्चालन गर्ने सहज वातावरण नभएकोले' क्याम्पस अनिश्चित कालका लागि बन्द गनर्ुपरेको उल्लेख छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग