Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी विद्युत र टेलिकममा तालाबन्दी

Published on 9:20:00 PM //

Gulmi Darshan
सेवा नियमित नभएको भन्दै नेपाल पत्रकार महासंघ, र उद्योग वाणिज्य संघले सोमबार देखि नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमका शाखाहरूमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् । विद्युत कार्यालयले विगत १ महिना देखि लोड सेडि· नभएका समयमा समेत विद्युत सुचारू गर्न नसकेको र टेलिकमले पनि सेवा प्रभावकारी नगराएको भन्दै तालाबन्दी गरिएको हो ।
नेपाल टेलिकमले सेवा प्रभावकारी बनाउन नसक्दा विद्युतसंगै मोवाईल सेवा अवरूद्ध हुने गरेको छ भने जिल्लामा झण्डै १ महिना देखि लोडसेडि· नभएका समयमा समेत विद्युत सुचारू हुन सकेको छैन् । प्राधिकरणले जिल्लामा अहिलेपनि दैनिक १६ घण्टा लोडसेडि· गरिरहेको छ । विद्युत नहुँदा यहाँका उद्योग, व्यवसाय धरासायी बनेको र दैनिक जनजीवनमा समेत अस्तव्यस्त भएकाले तालाबन्दी गर्नु परेको गुल्मी उद्योग वाणिज्य संघका महासचिव दुर्गाप्रसाद पाण्डेले बताए । पत्रकार महासंघ र उद्योग वाणिज्य संघले विद्युत सुचारू गराउन माग गर्दै १५ दिन अगाडी नेपाल विद्युत प्राधिकरणमा ज्ञापन पत्र समेत बुझाएका थिए । कालीगण्डकी प्रभावित जिल्ला समेत भएकाले गुल्मी जिल्ला लोडसेडि· मुक्त हुनुपर्ने, लोडसेडि· नभएको समयमा विद्युत सुचारू हुनुपर्ने लगायतका माग विद्युत कार्यालय प्रति र जिल्लाको मोवाईल सेवा विद्युत नभएका बेला पनि नियमित हुनुपर्ने, थप एक विटिएस टावर तम्घासमा जडान हुनुपर्ने माग राखिएको नेपाल पत्रकार महासंघका अध्यक्ष जनार्दन घिमिरेले बताए ।
प्राधिकरणका प्रमुख शिव पाण्डेले लोडसेडि· नभएका समयमा विद्युत सुचारू हुन नसक्नुमा पाल्पा र बुटवल कार्यालय कारण रहेको बताए । हामीलाई कुनै जानकारी नै नगर्राई विद्युत मर्मत शुरू गर्छन’-उनले भने-हामीले पटक पटक आग्रह गर्दा पनि सुनुवाई भएको छैन ।’ पाण्डेले दुवै कार्यालयका कारण विद्युत सुचारू गर्न नसकिएको बताएपछि दुवै संस्थाले नेपाल विद्युत प्राधिकरण पाल्पा र बुटवल कार्यालयका प्रमुखहरू गुल्मी आएपछि मात्रै बार्ता शुरू गरिने जानकारी दिएका छन् ।
स्रोत: नयाँ भावना दैनिक

Tags:

1 comment

  1. पूर्वको मधूरो
    घाम नयाँ होस् ।
    बदलियोस् नारा
    काम नयाँ होस् ।
    फेरियोस् युग
    नयाँ होस् जमाना ।
    नव वर्ष २०६६ को
    हार्दिक शुभकामना

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग