Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किर्ते गर्ने प्रधानाध्यापक निष्कासित

Published on 1:48:00 AM //

Gulmi Darshan
आर्थिक अनियमितताको आरोपमा थाक्सीपोखरा माध्यमिक विद्यालयका प्रधानाध्यापक भोलासिंह क्षेत्रीलाई विद्यालय व्यवस्थापन समितिले शुक्रबार निष्कासन गरेको छ । क्षेत्रीले निम्नमाध्यमिक तहका स्थायी शिक्षक नेत्रप्रसाद अर्यालको कर्मचारी सञ्चयकोषमा जम्मा गर्नुपर्ने रकममा टिपेक्स लगाएर आपmनो नाममा सापटी फिर्ता गरेको भन्ने उल्लेख गरी आर्थिक अनियमितता गरेको व्यवस्थापन समितिले जनाएको छ । कर्मचारी सञ्चयकोष कार्यालय पुल्चोक ललितपुरको च.नं. १०३६/०६५/०६६ को परिपत्रअनुसार बैंक भौचर र फाँटवारी जम्मा मिलाई पठाउनुहुन भन्ने पत्र कार्यालयबाट पठाइएपछि आर्थिक अनियमितता भएको रहस्य खुलेको विद्यालय व्यवस्थापन समितिका सदस्य छविलाल सर्तुङीले बताए । उनले कर्मचारी सञ्चयकोष फाँटवारी र बैंक भौचर ५३ हजार तीन सय अठार रुपैयाँ फिर्ता भएको समेत जानकारी दिए । व्यवस्थापन समितिले क्षेत्रीलाई कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालय गुल्मीमा अनुरोधसमेत गरेको छ । 
स्रोत: नयाँ पत्रीका

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग