Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डढेलो निभाउने क्रममा पाँचको मृत्यु

Published on 5:31:00 PM //

अपडेट: शनिबार देखी नै गुल्मीको पर्यटकीय एवं धार्मिक क्षेत्र रेसुंगा जंगलमा पनि उत्तर क्षेत्रबाट भिषण डढेलो लागिरहेको छ । डढेलो नियन्त्रणमा सैनिक जवान र प्रहरीहरू खटिरहे पनि नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ ।  गौशाला क्षेत्र पनि जोखिममा छ । त्यस्तै, शान्तिपुर, जुनिया, जोहाङ गाविसका जंगलमा पनि दिउँसोदेखि लागेको डढेलो नियन्त्रण भएको छैन ।



Gulmi Darshan 
गुल्मी जिल्लाको हस्तिचौर गाउँ विकास समिति वडा नं ३ स्थित हस्तिचौर सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा शनिबार दिउँसो पाँच जना स्थानीयको आगोमा जलेर मृत्यु भएको भएको छ भने एक जना सख्त घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्र पालीखेका अनुसार मृत्यु हुनेहरुमा स्थानीय ३७ वर्षिय देवकला घर्ती, ३८ वर्षिय धनकला घर्ती, शेरबहादुर कुँवरकी ६० वर्षिय श्रीमति सीता कुँवर, ५६ वषिर्य रामलाल घिमिरे र भैरवनाथ गण गुल्मीका २७ वर्षिय सैनिक जवान अम्बरकुँवर रहेका छन् । पालिखेका अनुसार जंगलमा आगो नियन्त्रणको प्रयासमा गएका पाँच जनालाई आगोले चारैतिरबाट घेरेपछि उनीहरुको निसास्सिएर ज्यान गएको हो । जंगलमा शनिबार बिहान ११ वजेदेखि आगो लागेको थियो । आगलागीबाट वरपरका तीन गाँउ समेत जोखिममा परेका छन् । नियन्त्रण र उद्धारका लागि सुरक्षाकर्मी टोली घटनास्थल पुगेको छ । आगो थप फैलदै गएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी टेकविक्रम रायमाझीसहित सुरक्षाकर्मीको अर्को टोली पनि थप जानकारी लिन घटनास्थल पुगेको छ । घटनास्थल सदरमूकाम तम्घासबाट ५ घण्टाको पैदल दुरीमा पर्दछ
फोटो: गगनशिला खड्का

Tags:

1 comment

  1. hello
    yo ghatane malai sarai dukhi banaya ko chha kasari yasto ghatana ghatna gayo ajabholiko weather pani akdamai hot chha plz take care.
    Lila mani panthi hal doha qatar ghar arkhale 6 panthi tola gulmi nepal

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग