Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खडेरीले बीउ मास्ने चिन्ता

Published on 2:09:00 PM //

घनश्याम गौतम
लामो समयदेखि खडेरीले अधिकांश गाविसमा गहुँ र मकैलगायत हिउँदे बाली नष्ट भएकोे छ ।
खडेरीका कारण यो वर्ष बीउसमेत जोगाउन कठिनाइ भएकाले किसान चिन्तित छन् । तरकारी र फलफूलका बोटसमेत पानी नपाएर मर्न थालेको हर्मिचौरका भीमप्रसाद पाण्डेले बताए । निर्वाचन क्षेत्र-१ का २५ गाविसमध्ये अधिकांशमा पाखोबारी भएकाले किसानलाई बीउ उत्पादन गर्नसमेत गाह्रो भएको कृषि सेवा केन्द्र जोहाङका प्राविधिक मुक्तिप्रसाद भण्डारीले बताए । सिँचाइ नभएका बजार उन्मुख क्षेत्रमा किसानले लगाएको तरकारी सुकेपछि तरकारी अभाव हुनथालेको छ ।
सिँचाइ व्यवस्था नभएका अर्बेनी, हर्मिचौर, अस्लेवा, जोहाङ, बम्घालगायतका गाविसका गहुँ र मकै बाली नष्ट भएको किसानले बताए । यस्तै तोरी, मसुरो, केराउलगायतका तेलहन र दालजन्य उत्पादन ५० प्रतिशतले कम भएको छ ।
उत्पादनमा कमी आएपछि स्थानीय बजारमा तरकारी अभाव देखिन थालेको छ । 'बजारमा स्थानीय तरकारी आउनै छोड्यो,' खैरेनीका तरकारी व्यवसायी रामप्रसाद भण्डारीले भने, 'सधैं यहाँ बिक्री भइसकेपछि अन्य बजारमा पनि तरकारी पठाइन्थ्यो ।' स्थानीय तरकारी अभाव भएपछि बुटवलबाट ल्याउन थालिएको भण्डारीले बताए ।
कृषि कार्यालयका अनुसार जिल्लामा ३४ हजार १ सय २ हेक्टर खेतीयोग्य जमिन भए पनि ३ हजार ५ सय हेक्टर जमिनमा मात्र बाह्रै महिना सिँचाइको व्यवस्था रहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग