Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आँखाका रोगी बढेपछि जिल्लामै टेलिमेडिसिन

Published on 1:03:00 PM //


 नेत्रज्योति संघले गुल्मीका १ लाख ३० हजार आँखा रोगीको उपचार गरेको छ । संघले जिल्लाका ६५ हजार ७ सय ३१ विद्यार्थीको आँखा परीक्षण गरेको छ । परीक्षण गरिएका आँखा रोगीमध्ये ३ हजार ८ सय ४८ जनाको मोतियाविन्दुको शल्यक्रिया गनर्ुपर्ने र ४ सय २५ जना विद्यार्थीलाई चस्मा लगाउनुपर्ने देखिएको नेत्रज्योति संघ सभापति भरतबहादुर चन्दले जानकारी दिए । संघले मोतियाविन्दुका कारण जिल्लामा कसैको पनि दृष्टि गुम्न नदिन अभियान सञ्चालन गर्ने भएको छ । आँखा रोगी बढ्दै गएपछि केन्द्रले जिल्लामै टेलिमेडिसिनको तयारी पनि सुरु गरेको छ ।
'मोतियाविन्दुका कारण समयमै उपचार नपाएर कोही पनि दृष्टिविहीन बन्नु नपरोस् भनेर लागिरहेका छौं,' सभापति चन्दले भने, 'जिल्लामा आँखा रोगीको संख्या अप्रत्याशित बढ्दै गएपछि हामी संवेदनशील भएर आँखा जाँच अभियानमा जुटेका छौं ।' १८ वर्षअघि स्थानीय बुद्धिजीवीको पहलमा खोलिएको संघले स्थानीय स्रोतबाटै ६ जना कर्मचारी राखेर आँखा परीक्षण र उपचारमा काम गर्दै आएको छ । 'कोही नपुगेका दुर्गममा हामी पुगेका छौं,' 
सभापति चन्दले भने, 'समयमै आँखा रोगीप्रति ध्यान नपुर्‍याए जिल्लाभर दृष्टिविहीन बढ्ने छन् ।'
जिल्ला प्रशासनबाट वितरण हुने नागरिकताको प्रतिर्फम १० रुपैयाँमा बिक्री गरेर भएको आम्दानीबाट आँखा रोगीको क्षेत्रमा लगानी गर्ने गरेको संघ उपाध्यक्ष शेरबहादुर थापाले बताए । निजीस्तरबाट सञ्चालन गरिएको र आँखा उपचार निःशुल्क गर्ने गरिएका कारण संघको अन्य स्रोत नहुँदा समस्या थपिने गरेको पनि थापाले बताए । संघले अब छिट्टै जिल्लामै बसेर आँखा रोगीको उपचारका लागि टेलिमेडिसिन सञ्चालन गर्ने तयारी भइरहेको चन्दले जानकारी दिए । सेवा फाउन्डेसन क्यानडा र अमेरिकाको सहयोगमा भैरहवा आँखा अस्पतालको सहकार्यमा टेलिमेडिसिन सञ्चालन गर्न लागिएको हो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग