Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बलात्कारको प्रयास गर्ने दुई अभियुक्तको अनुसन्धान गर्न म्याद थप

Published on 12:44:00 PM //

Gulmi Darshan
सिमीचौर गाविस-८ निवासी २६ वर्षीया एक महिलामाथि सामूहिक बलात्कारको प्रयासमा सङ्लग्न भएको आरोपमा गिरफ्तारीमा परेका सोही गाविस-१ निवासी रमेश कुँवर र खेमराज कुँवरलाई थप अनुसन्न्धानका लागि प्रहरीले ०६५ चैत २५ गते तीन दिनको म्याद थप गरेको छ । पीडित महिलामाथि चैत २० गते सामूहिक बलात्कारको प्रयास भएको थियो ।
डित महिलाले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा मानवअधिकारकर्मीहरूको पहलमा किटानी जाहेरी दिएकी थिइन् । आफू अर्खले गाविस-२ मा रहेको माइतीघरमा जाँदै गर्दा अभियुक्त दुबै जनाले सामूहिक बलात्कारको प्रयास गरेको र स्थानीयवासीको सहयोगमा आफू बच्न सफल भएको पीडतको भनाई छ । घटनाको तत्काल छानवीन गरी दोषीमाथि कडा कारबाही गर्न स्थानीय महिलाहरूले चैत २६ गते जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग