Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोटकरी

Published on 1:39:00 PM //

पानी नपरेपछि इन्द्रपूजा
मुसिकोट/बडागाउँ - आठ महिनादेखि पानी नपरेपछि यहाँको मुसीकोट र बडागाउँ गाविसका बासिन्दाले इन्द्रको पूजा गरेका छन् । इन्द्र भगवान् रिसाएकाले लामो समय खडेरी परेको विश्वासमा गाउँलेहरूले सामूहिक र छुट्टाछुट्टै पूजा गरिरहेका छन । मुसीकोट र बडागाउँको सिमानामा पर्ने चौरको पोखरीमा एक सातादेखि पूजापाठ भइरहेको स्थानीय सञ्चारकर्मी प्रेम सुनारले बताए ।
हुरीले विद्यालय भत्कियो
ग्वादी- हावाहुरीले ग्वादी-५ स्थित रुद्रवेणी प्राथमिक विद्यालय भत्किएको छ । २ कोठे कच्ची भवनको टिनको छाना र काठ उडाएर कालीगण्डकीमा पुर्‍याएको छ । गाह्रोसमेत भत्किएको प्रधानाध्यापक धुनीसरा भण्डारीले बताइन् । भवन भत्किएपछि चर्को गर्मीले विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । आगलागी
हस्तिचौर - हस्तीचौर-ं२ जिउरीकाटेस्थित चन्द्रबहादुर कार्कीको घरमा बिहीबार राति आगलागी भएको छ । हावाहुरीले ल्याएको आगोको झिल्काले घर जलेको कार्कीले बताए । आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्नलगायत सबै सामग्री नष्ट भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग