Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

इन्सेकद्वारा बम विष्फोट स्थलको अनुगमन

Published on 2:12:00 PM //

हीरा कुवँर
वैशाख ५ गते दर्लिङ्ग गाविस-७ स्थित चिनाराको पहिरो भन्ने ठाउँमा भएको बम विष्फोट स्थलको इन्सेक जिल्ला प्रतिनिधिको नेतृत्वमा मानवअधिकारकर्मीको टोलीले घटनास्थलको अनुगमन गरेको छ ।

ष्फोटबाट सोही ठाउँ निवासी ११ वर्षीय बोमबहादुर विक र ९ वर्षीय विक्रम विकको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयबासीका अनुसार उक्त ३६ हेण्डग्रिनेट बम माओवादीसँग नहुने भएकोले द्वन्द्वकालमै सुरक्षाकर्मीद्वारा राखिएको हुनसक्ने अनुमान छ । अप्ठ्यारो भीरमा दुई ढुङ्गाको बीचमा सुरक्षितसाथ राखिएको उक्त गोलो आकारको वस्तु रेडियोजस्तै मानी दुवै बालकले आपसमा तानतान गर्दा विष्फोट भएको प्रत्यक्षदर्शी प्रेमबहादुर विकले बताए । सदरमुकामदेखि करिब ४५ किलोमिटरको दुरीमा रहेको उक्त ठाउँ नजिकै अर्खावाङ्ग र ह्वाङ्गदी गाविसको बीचमा ०५९ मा दोहोरो भिडन्तसमेत भएको थियो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग