Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपस्वास्थ्यचौकी प्रमुख नहुँदा सेवाग्राही मर्कामा

Published on 2:50:00 AM //

Gulmi Darshan

जिल्लाको वडागाउँ गाविसमा रहेको वडागाउँ उपस्वास्थ्य चौकी विगत २ वर्षदेखि यता कार्यालय प्रमुखविहीन हुँदा स्थानीयवासी उचित स्वास्थ्यसुविधा पाउनबाट बञ्चित भएका छन् । पटकपटक सरोकारवालासँग प्रमूखको माग गरेतापनि हालसम्म कुनै पहल नभएको स्थानीय पत्रकार प्रेम सुनारले ०६६ जेठ ८ गते इन्सेकलाई बताए । सो चौकीमा सुत्केरी सेवासमेत नभएकोले कैयौं गर्भवती महिलाहरू लामो समयसम्म प्रसव पीडा खेप्नुपरेको र कतिपयको ज्यानसमेत जाने गरेको स्थानीय महिलाहरूको गुनासो छ । उपस्वास्थ्य चौकीमा सेवा दिँदै आएकी अनमी मीरा गाहको सेवाअवधि सकिएपछि जेठ ७ गते स्थानीयवासीले एक कार्यक्रम गरी तत्काल स्वास्थ्य प्रमूख तथा उचित सुत्केरी सेवाको माग राखेको छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग