Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्ति समितिको कार्यालय स्थापना , द्वन्द्वपीडितलाई राहत

Published on 2:52:00 AM //

ही्रा कुवँर स्थानीय शान्ति समिति गुल्मीको गठन भएको ४ महिनापश्चात ०६६ जेठ ८ गते सदरमुकाम तम्घासस्थित हस्पिटललाइनमा कार्यालय सञ्चालनमा आएको छ । कार्यालय स्थापना हुनुभन्दा अगाडि तम्घास गाविस भवनको एक कोठामा समितिले आफ्ना सम्पूर्ण कामकाज गर्दै आएको थियो । हाल कार्यालय स्थापनासंगै शान्ति तथा पुनर्निमाण मन्त्रालयले एक जना अधिकृतस्तरको कर्मचारीको ब्यवस्था गरेको छ । स्थानीयस्तरमा उत्पन्न्न द्धन्द्धको ब्यवस्थापन र शान्ति स्थापनाको क्षेत्रमा क्रियाशिल यस समितिको पहल र जिल्ला प्रशासनको संयोजनमा हालसम्म द्धन्द्धमा मारिएका ९० जना ब्यक्तिको परिवारलाई १ लाख रुपियाँका दरले राहत वितरण गरिएको छ । हाल द्धन्द्धको समयमा विस्थापित, अपहरित, घाइते लगाएतका ब्यक्तिहरूको लगत संकलन तयार भइसकेको छ । राहत वितरण गर्न बाँकी द्धन्द्धपीडितहरूको नाम सिफारिस गर्न अहिले नियमित रूपमा सर्वपक्षीय बैठक भइरहेको प्रमुख जिल्ला अधिकारी टेकवीरजन रायमाझीले इन्सेकलाई बताएका छन् ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग