Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पतिद्वारा कुटपिट भएको भन्दै उजु्री

Published on 2:03:00 AM //

हीरा कुवँर
इस्मारजस्थल गाविस -२ बनगाउँ घर भई हाल तम्घासमा डेरा लिई बसोबास गर्दै आएकी ३३ वर्षीया तारा विष्टले ०६६ जेठ ११ गते पति चन्द्रबहादुर विष्टद्धारा आफुमाथि कुटपिट भएको भन्दै एक निवेदनमार्फत इन्सेक गुल्मीमा उजुरी दिएकी छिन् । कुटपिटबाट सख्त घाइते भएकी ताराको उपचारका लागि जिल्लास्थित महिलाअधिकारकर्मीहरुको पहलमा जिल्ला अस्पताल गुल्मीमा भर्ना गरिएको छ । जिल्ला पशु अस्पतालमा लेखापाल भई काम गर्दै आएका पतिले जेठ १० गते आफ्नै कोठामा आफूमाथि झुटा आरोप लगाउँदै कुटपिट गरेको उनको भनाइ छ । पतिले वैशाख २५ गतेे दोस्रो विवाह गरेपछि घरमा झैंझगडा सुरु भएको स्थानीय निर्मला पोख्रेलले बताइन् । घाइते ताराका हाल १ छोरा र १ छोरी छन् । कुटपिटपछि उनका पति घरमा ताल्चा लगाई फरार भएका छन् । उनले जेठ ११ गते नै जिल्ला प्रहरी कार्यालय र मानवअधिकारवादी संघसंस्थामा निवेदन दिई न्यायका लागि पहल गरिदिन अपिल समेत गरेकी छिन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग