Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१६ वर्षीया युवतीद्वारा जबर्जस्ती करणीको मुद्दा दायर

Published on 10:49:00 AM //

Gulmi Darshan
अमरपुर गाविस-२ बस्ने एक १६ वर्षीया युवतीले आफूलाई जबरजस्ती करणी गरेको भन्दै ०६६ जेठ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।  
स्थानीय एक युवक दिनेश थापाले ०६५ पुस २६ गते आफूलाई लल्याई फक्याई गरी जबरजस्ती करणी गरेको उनको भनाई छ । पीडक थापाले उनलाई स्थानीय विना जिसीको घरमा बोल्याई उनकै सहयोगमा जबरजस्ती करणी गरेको आरोप छ । हाल रिताको पेटमा ६ महिनाको गर्भसमेत रहेको छ । थापाले घटनाको केही दिनपछि उनलाई पत्नीको रूपमा स्वीकार गर्ने बताएपनि हाल भने अस्वीकार गरेका छन् । दिनेशले स्थानीय लालबहादुर कुमाललाई पैसाको घुसपेठ गरी गर्भमा रहेको बच्चासमेत "मेरो हो" भन्न लगाएको पीडितपक्षको भनाई छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग