Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिर्जनाको फिलिंगो

Published on 2:19:00 PM //

विशाल भण्डारी

काठमाडौं, शरीर अपांग छ । उनी भने बैसाखीको सहारामा गाउँका कुनाकाप्चा चहार्दै हुन्छन् । सामाजिक घटनामा आधारित भएर चलचित्र बनाउँछन् । विरलै भेटिने यस्ता पात्रमध्येका उनी हुन् लोकध्वज शाही । गुल्मीमा जन्मेहुर्केका उनी चलचित्र निर्माणको नयाँ दुनियाँमा छिरेका छन् ।

चार वर्षको हुँदा बुबा र सात वर्षको छँदा आमाको दुर्घटनापछि दुःखद निधन बेहोरेका लोकध्वज त्यही घटनामा घाइते भएका थिए । सधैं अपांग बन्न पुगे । अपांग हुँदा खेप्नुपर्ने पीडाकै उपज भन्नुपर्छ, उनले गुल्मीकै बेसहारा बालकको जिन्दगीमा आधारित मन छुने चलचित्र निर्माण गरेका छन्- फिलिङ्गो । 

चलचित्रको लेखन, निर्माण, निर्देशन, छायांकन र सम्पादनसमेत लोकध्वज आफैंले भ्याएका छन् । 'देश र जनताका नाममा समर्पित मेरो चलचित्रले सांस्कृतिक क्रान्ति ल्याउन सहयोग पुग्ने विश्वास छ,' शाही आशावादी हुँदै भन्छन् । उनले

बैसाखीको सहारामा गुल्मी र बागलुङको यात्रा गर्दै चलचित्रको कथा खोजेका हुन् जसलाई अब तिनै गाउँ डुलेर जनसाधारण भेला पारी काँचको पर्दामा देखाउने छन् ।

अपांगप्रति समाजमा हीनभाव कायमै रहेको अवस्थामा यस्तो मान्यता हटाउने लक्ष्यसाथ चलचित्र प्रदर्शन गर्दै गाउँ घुम्ने उनले बताए । गाउँगाउँमा चलचित्र पुर्‍याएर देखाउने थोरै चलचित्रकर्मीमध्ये उनी पनि पर्छन् । फिलिङ्गो हेरिसकपछि सबै दर्शकको आँखा रसाउनेमा लोकध्वज विश्वस्त छन् । 'संवेदनात्मक र भावनात्मक पक्ष चलचित्रमा समेटिएकाले दर्शक मन्त्रमुग्ध हुन्छन्,' उनले भने ।

जीवनलाई सिर्जनशील कार्यमा समर्पित गर्ने लक्ष्य लिएका उनी भावी दिनमा यस्तै चेतनामूलक चलचित्र बनाउने योजनामा छन् । 'फिलिङ्गो' मा रामेशले गीत र संगीत भरेका छन् सारंगी र मादलको भाकामा । रामेशले फिलिङ्गोलाई 'युगान्तकारी चलचित्र' को संज्ञा दिएका छन् ।

'गहिरो बालमनोविज्ञान र बालश्रम शोषणको यथार्थरूप भएको चलचित्र रहेछ,' हेरिसकेपछि गौरी प्रधानको प्रतिक्रिया थियो, 'यसले अपांगप्रतिको हेयभाव घटाउन मद्दत पुर्‍याउने छ ।'  लेखपढ गरेर ठूलो भएपछि समाजमा शिक्षक बन्ने कलिलो बालकको सपना आमाको मृत्युसँगै कसरी टुक्रिन्छ भन्ने सन्दर्भ समेटिएको छ चलचित्रमा । तीन वर्षको अवधिमा चलचित्र निर्माण भएको लोकध्वजले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग