Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाख्रा पालनले गाउँ बन्यो नमुना

Published on 2:00:00 PM //

घनश्याम गौतम

घरमै सामान्य काम गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण जिल्लाको रूरू गाविसको भड्कुवामा बाख्रापालन व्यवसायमा लागेका महिलाले देखाएका छन् । पिछडिएको भड्कुवामा यतिखेर बाख्रापालन 
व्यावसाय आम्दानीको मुख्य स्रोत बनेको छ ।

महिलाको आग्रह र जिल्ला पशु सेवा कार्यालयको सहयोगमा २०६३ सालमा वितरण गरिएको निःशुल्क बाख्राले अहिले गाउँमा मनग्य आम्दानीको बाटो खोलिदिएको छ । दुई वर्ष अगाडि ५० बाख्राबाट सुरु गरिएको यो व्यवसायले अहिले बिक्री भएका बाहेक झन्डै ६ सय बाख्रा छन् । २ वर्षमा बाख्रा बेचेर ९ लाखभन्दा बढी आम्दानी भएको छ ।

सबै घरले बाख्रा बेचेर वाषिर्क ३० देखि ९० हजारसम्म आम्दानी गर्दै आएका छन् । 'सबैको घरमा बाख्रा छन्,' बाख्रापालन मूल समितिकी अध्यक्ष सावित्रा ज्ञवालीले भनिन्, 'बाख्रा आम्दानीको राम्रो स्रोत बनेको छ ।' सामूहिक भावना, सामाजिक चेतना र विकासप्रतिको लगाव भयो भने सब थोक गर्न सकिन्छ भन्ने उदाहरण देखाउन पनि गाउँका महिलाहरू लागेका छन् ।

झन्डै २ सय ८५ घर परिवार रहेको भड्कुवामा बाख्रा बेचेर नै गाउँलेले मोटरबाटो र खानेपानीको धारा बनाएका छन् ।

कृषक सुन्तली थापाको दिनचर्या यतिबेला बाख्राले नै फेरिदिएको छ । श्रीमान् गुमाएकी उनको एक छोरालाई पढाउने निकै चिन्ता थियो । 'अहिले छोराले काठमाडौंमा बीएमा पढ्दैछ,' सुन्तलीले भनिन्, 'बाख्रा बेचेर गतवर्ष मात्र ७० हजार आम्दानी भएकाले पढाउन सकेकी हुँ, अहिले पनि बाख्रा बेचेर महिनामा ६/७ हजार आम्दानी भइरहेको छ ।' उनी जस्तै गाउँमा धेरै महिला छन् । महिलाहरूको उत्साहलाई पुरुषहरूले सघाइरहेका छन् । 'सुरुमा पैंचो बाख्राले के हुन्छ र भन्ने लागेको थियो,' भडकुवा प्राविका प्रधानाध्यापक समेत रहेका हरिप्रसाद भट्टराईले भने, 'बिस्तारै गाउँमा सबैको आम्दानी राम्रो हुँदै गएको छ ।' भट्टराईका अनुसार अहिले गाउँमा १५ वटा समूह बनेका छन् ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग