Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सह्रानीय प्रयास

Published on 2:22:00 AM //

नयाँभावना दैनिकमा सोमबार प्रकाशित सम्पाकदिय
गाउँमा मोटरबाटो पुर्‍याउन गुल्मीमा स्थानीय बासिन्दाले गरेको प्रयास सह्रानीय छ । गुल्मीका हर्मीचौर, पुर्तिघाट, अर्वेनी, जयखानी, खडगकोट लगायतका गाउँका बासिन्दा मोटरबाटोको अभावले सदरमुकाम धाउन तीन दिन हिंड्नुपर्ने बाध्यता थियो । गाउँलेले गरेको यो प्रयासले अव त्यो बाध्यताको अन्त्य गर्ने भएको छ । मोटरबाटो त्यस क्षेत्रका लागि त आवश्यक थियो नै । ग्रामीण क्षेत्रका बासिन्दाले गरेको यो काम समग्र मुलुककै लागि नमुना र प्रेरणाको स्रोत बन्नेछ । अन्य जिल्लाका बासिन्दाले पनि गुल्मेलीको यो कामबाट प्रेरणा लिएर गाउँको विकासका लागि आफै अग्रसर हुनु जरूरी छ ।
रूद्रवेणी, हर्मिचौर, पुर्तिघाट हुँदै अर्वेनीसम्म जोडने ३१ किलोमिटर सडक खन्न र्सवसारधणहरू वषा समेत नभनी पाल टागेर लागेका छन् । उनीहरूको यो काम सबैका लागि प्रशंसनीय छ । गाउँ-ठाउँको विकासका लागि सरकारको मुख ताकेर मात्रै हुँदैन, आफै अग्रसर हुनुपर्छ भन्ने सन्देश यसले दिएको छ । २०५१ सालमा अल्पमतको सरकार गठन गर्ने मैका पाएको एमालेले त्यसबेला आफ्नो गाउँ आफै बनाऔं भन्ने विकासे नारा ल्याएको थियो । जुन नारा मुलुककै लागि लोकप्रिय सावित बनेको थियो । गुल्मीका बासिन्दाले गाउँमा आफै मोटरबाटो खन्ने कामको सुरूवात गरेर त्यतिबेलाको नारको झल्को दिएका छन् । गुल्मीको हर्मीचौर, पुर्तिघाट जस्ता क्षेत्र मात्र होइन, जिल्ला-जिल्लाका सम्पुण गाविसका बासिन्दाहरू यसरी नै विकासका लागि आफै अग्रसर हुने हो भने दलहरूले भन्ने गरेको नयाँ र समृद्ध नेपाल धेरै टाढा छैन । यसका लागि न त आन्दोलन गर्नुपर्छ, न त सरकारको मुख तक्न नै । गुल्मीका बासिन्दाले गरेको कामबाट पाठ लिएर विकास निर्माणको कार्यमा जुट्नुपर्छ ।
नेपालीहरू श्रम गर्न विदेशी धाउने प्रवृत्ति व्यापक छ । हामीले त्यो श्रमलाई आफ्नै देशमा खर्च गर्‍यौ भने विकासको यात्रामा इटा थपिने छ । गुल्मीका बासिनदाले विदेशमा नपाएको ज्याला गाउँमै पाएको महशुस गरेका छन् । आफनै देशको विकासमा लाग्दा ज्याला समेत राम्रो पाउनु आवश्यक छ । एकातिर त्यसले युवाहरूको विदेश पलायनलाई रोक्न मद्दत पुर्‍याउनुछ भने अर्कोतर्फगाउँमा विकासको गति तीव्र ढंगले अघि बढ्ने छ । सडक खन्नेकाममा विदेश पुगेर फर्किएका र गाउँमा एस.एल.सी. दिएर बसेका थुप्रै युवायुवती सक्रिय छन् । विभिन्न गैर सरकारी संस्थाहरूले करोडौं खर्च गर्दापनि कडा चट्टानका कारण निर्माण हुन नसकेको सडक यस वर्षसरकारले १ करोड ४० लाख रकम छुट्टयाएपछि र्सवसाधारणहरू ज्यालादारीमा सडक खन्न कस्सिएका हुन् । उनीहरूको यो मेहनेतले गाउँमा छिट्टै मोटर पुग्नेछ र गाउँको उत्पादनले बजार पाउने छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग