Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सदरमुकाममा खानेपानी अभाव, होटलहरू बन्द हुन थाले

Published on 2:33:00 AM //

घनश्याम गौतम
गुल्मी / बढ्दो प्रचण्ड गर्मीसंगै एक साता यता जिल्ला सदरमुकाम तम्घासमा खानेपानीको अभाव भएको छ ।
अघिल्ला वर्षरूको तुलनामा अहिले तम्घासमा गर्मी बढेको छ । प्रचण्ड गर्मीले सदरमुकाम नजिकका खानेपानीका मुहानहरू सुकेपछि खानेपानी आपुर्तिमा कमी आएको उपभोक्ता समितिहरूले जनाएका छन् ।
मागको तुलनामा तम्घासमा तिन गुना कम खानेपानी आपुर्ति भैरहेको छ । सदरमुकाममा मात्र दैनिक १३ लाख ५० हजार लिटर खानेपानी आवश्यक पर्नेमा अहिले झण्डै ४ लाख लिटरमात्र आपुर्ति भैरहेको खानेपानी कार्यालयका निमित्त प्रमुख कृष्ण अर्यालले बताए । खानेपानी अभाग हुँदैगएपछि र्सवसाधरण र होटल संचालकहरू बढी समस्यामा परेका छन् । घर घरमा खानेपानी अभाव छ । होटल धमाधम बन्द हुन थालेका छन् । पानी नभएपछि होटल नै बन्द गर्नुपर्‍यो ।’ -मैत्री रेष्टुरेण्ट एण्ड मिष्ठान्नका संचालक अर्जुन पोखरेलले भने- एक साता भयो धारामा पानी नै नआएको ।’ खानेपानी अभावका कारण आफुहरूले रेष्टुरेण्ट बन्द गरी मिर्ठाईमात्र विक्रि गरिरहेको उनले बताए । त्यस्तै बसपार्कमा रहेको पाण्डे होटल एण्ड लजले पनि खानेपानी अभावमा पाहुनाहरू फर्काईरहेको र पानी बढी खर्च गर्नुपर्ने नास्ताहरू बनाउन छोडिएको जनाएको छ । तिन दिन भयो धारामा पानी नै नआएको ।’ -पाण्डे होटलका संचालक मोतिलाल पाण्डेले भने । सदरमुकाममा मात्र खानेपानी वितरण गर्ने उपभोक्ता समिति झण्डै एक दर्जन छन् ।
ती समितिहरूले पनि अत्याधिक गर्मीका कारण पानीको खपत बढेको र मुहान सुक्दै गएकाले समस्या त्रि्र भएको जनाएका छन् । धेरै उपभोक्ता समितिले एक साता देखि नै धारामा एक दिन बिराएर आधा घण्टा मात्र पानी वितरण गर्ने गरेका छन् । अन्य समितिको तुलनामा केही बढी पानी वितरण गर्दै आएको तम्घास खानेपानी उपभोक्ता समिति १-४ ले पनि आइतवार देखि आधा क्षेत्रमा विहान र आधा क्षेत्रमा साँझ गरेर वितरण गरिने जनाएको छ । अहिलेसम्म विहान र सा“झ दिदै आएका थियौं’, समितिका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले भने- अब नसक्ने भएपछि आजबाट ४ सय ३० धारा मध्ये आधामा विहान र आधामा साँझ दैनिक १ घण्टाका दरले वितरण गरिनेछ ।’ सदरमुकाम तम्घासमा २५/३० वर्षछि मात्र यस्तो समस्या आएको उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार यो समिति अर्न्तगतका उपभोक्तालाई दैनिक ६ लाख लिटर भन्दा बढी पानी आवश्यक पर्नेमा अहिले दैनिक झण्डै ३ लाख मात्र वितरण भैरहेको छ । अझै एक साता आकाशबाट पानी नपरेमा तम्घासमा खानेपानीको हाहाकार बढ्ने उनले बताए ।
साना शहरी विकास आयोजनाका अनुसार सदरमुकाममा झण्डै १५ हजार जनसंख्या छ । त्यो जनसंख्यालाई दैनिक कम्तिमा ९० लिटरका दरले खानेपानी आवश्यक पर्छ । तर तम्घासमा बषातको समयमा मुस्किलले प्रति व्यक्ति प्रतिदिन ४५ लिटर र सुख्खा समयमा प्रति व्यक्ति प्रतिदिन २५ लिटर मात्र पानी आपु्ति भैरहेको जनाएको छ । यो परिणाम अत्यन्त कम हो’ -खानेपानीका निमित्त प्रमुख अर्यालले भने ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग