Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सदरमुकाम जोड्ने सडक खन्दै गाउँले

Published on 10:46:00 AM //

घनश्याम गौतम

असारको पहिलो साता वित्न लाग्यो । धेरै कृषकहरूलाई खेती लगाउने हतारो छ । तर यहाँको दक्षिण पुर्वी क्षेत्रका एक दर्जन गाविसका सयौं गाउँलेहरूलाई भने यतिबेला खेती लगाउने कुनै हतार छैन् ।

उनीहरूलाई एउटै चटारो छ गाउँमा मोटरबाटो पुर्‍याउने । सडकले सदरमुकाम छुन नसकेका कारण जिल्लाका हर्मिचौर, पुर्तिघाट, अर्वेनी, जयखानी, खड्गकोट लगायतका बासिन्दा सदरमुकाम आउन तिन जिल्ला हुँदै आउनु पर्ने बाध्यता छ । तर त्यो बाध्यताको अन्त्य गर्न अहिले ६ सय ९८ जना गाउँले दिनरात सडक खन्नमा ब्यस्त छन् । रूद्रवेणी, हर्मिचौर, पुर्तिघाट हुँदै अर्वेनीसम्म जोडने ३१ किलोमिटर सडक खन्न र्सवसारधणहरू वर्षा समेत नभनी पाल टाँगेर लागेका छन् । दिउँसोको प्रचण्ड गर्मीले पनि उनीहरूको सडक पुर्‍याउने चाहानालाई रोकेको छैन् । सडक खन्न १७ वर्षो युवती देखि ६० वषिर्य बृद्धासम्म लागेका छन् । धेरै समुहले सडक खन्ने र बस्ने दुवै ठाउ“मा घाम र पानी छल्न पाल टाँगेका छन् । मोटरबाटो निर्माण उपभोक्ता समितिले राम्रो पारिश्रमीक दिएकाले पनि उनीहरूमा सडक निर्माणको उत्साह थपिएको हो । समितिका अध्यक्ष ओमप्रकास न्यौपानेका अनुसार दैनिक ८ घण्टा सडक खनेबापत प्रति व्यक्ति २ सय ६५ रूपैंया पारिश्रमिक दिईएको छ ।
ँमैले त विदेशमा नपाएको ज्याला यहाँ पाएको छु’-सडक खन्न सक्रिय अर्वेनी-२ का ३९ वषिर्य रणबहादुर थापाले भने- आफनै देशको विकासमा लाग्दा ज्याला समेत राम्रो पाएको छु, गाउ“मा विकास पनि हुँदैछ ।’ सडक खन्नेकाममा उनीजस्ता विदेश पुगेर फर्किएका र गाउ“मा एस.एल.सी. दिएर बसेका थुप्रै युवायुवती सक्रिय छन् । विभिन्न गैर सरकारी संस्थाहरूले करोडौं खर्च गर्दापनि कडा चट्टानका कारण सडक निर्माण हुन सकेको थिएन् । यस वर्षसरकारले १ करोड ४० लाख रकम सडकका लागि छुट्टयाएपछि र्सवसारधणहरू ज्यालादारीमा सडक खन्न कस्सिएका हुन् । सोही सडक निर्माणका लागि यस अघि आयका लागि पुवाधार कार्यक्रम र आर्थिक तथा दिगो पुर्वाधार विकास संस्थाले १ करोड १४ लाख खर्च गरेको थियो । त्यस्तै सडकमा स्थानीय स्तरबाट ६३ लाख खर्च भैसकेको छ ।
सडक खन्न स्थानीय बासिन्दाले २०३९ सालदेखि शुरू गरेका हुन् । कडा चट्टान भएका कारण स्थानीयले निर्माण गर्न नसक्ने क्षेत्रमा यस वर्षसमितिले पुर्वी नेपालका झापा, इलाम, मोर·का मजदुरलाई समेत काममा लगाएको छ । उनीहरूले ९० मिटर कडा चट्टान फोर्न पनि उत्तिकै मेहनत गरिरहेका छन् । अब त गाउ“मा छिट्टै मोटर पुग्ला ।’-सडक खन्न सक्रिय ठुलोलुम्पेक-२ की ६० वषिर्य बृद्ध देउरूपा वि.क.ले भनिन- गाउँमा बाटो पुगे विरामी पर्दा सजिलो होला ।’ गाउँका बुढापाकाहरूलाई बाटोपुगेपछि समयमै उपचार पाईएला भन्ने आशा छ भने युवा युवतीलाई गाउ“मै बसेर उत्पादन गरेका सामाग्री विक्रि गरेर आम्दानी बढाउन सकिएला भन्ने विश्वास छ ।
बाटो निर्माण भएमा गाउूको फलफूल र तरकारी बजार पुर्‍याउन सजिलो होला भन्ने लागेको छ ।’ -अर्बेनीका राजु न्यौपानेले भने । ३१ किलोमिटर सडक खन्न अहिले ३० वटा समुहमा १ सय ६४ महिला सहित ६ सय ९८ जना सक्रिय छन् । स्थानीय विकास मन्त्रालयको जनसहभागितामा आधारित कार्यक्रमले उनीहरूलाई बढी उत्साहित बनाएको उपभोक्ता समितिले जनाएको छ । अझै बजेट आवश्यक छ’ -माओवादी सभासद सुदर्शन बरालले भने- यो वर्षपनि बजेट र दाता खोज्ने प्रयास भैरहेको छ ।’ सडकको सजिलो खण्ड यस वर्षनिर्माण भएमा कडा चट्टान भएको सडकलाई विकल्प खोजेर आगामी वर्षपुर्वी गाउँमा जसरी भएपनि मोटर पुर्‍याउने उनले बताए । ँत्यसका लागि पनि प्रयास भैरहेको छ ।’,उनले भने । जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी नरेशकुमार चापागाईले सडकको ट्रयाक मात्र निर्माण हुन अझै १ करोड रकम आवश्यक रहेको बताए । हामी पुरै निर्माण गर्ने गरी सरकारलाई सिफारिस गर्ने छौं ।’ -उनले भने यो जनसहभागिता मुलक कार्यक्रम भएकाले निरन्तर राख्न पहल हुनेछ ।’

Tags:

2 comments

  1. बर्षौ देखि शुरु गरि अलपत्र अवस्थामा रहेको यो मोटोर बाटोले फेरी नयाँ जिवन पाएकोमा खूसि लाग्यो । यस्तो प्रचन्ड गर्मीको समयमा पनि गाउँले हरुले बगाएको पसिनाको कदर गर्दै, सरकारले पनि यसप्रति बिषेश चासो दिएर गाउँलेहरुको कठिन यात्रालाई सहज बनाउन सहयोग गरोस भन्ने कामनाका साथ सम्पूर्ण सहभागी जनहरुलाई सफलताको कामना भन्न चाहन्छु । साथै नयाँ कुराको जानकारि बाडनु भएकोमा गुल्मि दर्शनलाई हार्दिक धन्यबाद ।

    ReplyDelete
  2. बर्षौ देखि शुरु गरि अलपत्र अवस्थामा रहेको यो मोटोर बाटोले फेरी नयाँ जिवन पाएकोमा खूसि लाग्यो । यस्तो प्रचन्ड गर्मीको समयमा पनि गाउँले हरुले बगाएको पसिनाको कदर गर्दै, सरकारले पनि यसप्रति बिषेश चासो दिएर गाउँलेहरुको कठिन यात्रालाई सहज बनाउन सहयोग गरोस भन्ने कामनाका साथ सम्पूर्ण सहभागी जनहरुलाई सफलताको कामना भन्न चाहन्छु । साथै नयाँ कुराको जानकारि बाडनु भएकोमा गुल्मि दर्शनलाई हार्दिक धन्यबाद ।

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग