Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाविस सचिवले तेस्रो किस्ता लगेनन्, अधिकांशको दोस्रो पनि बाँकी

Published on 2:36:00 AM //

घनश्याम गौतम
गुल्मी / जिल्लाको विकासका लागि आएको पुजिगत खर्चको तेस्रो किस्ता लैजाने बेलामा समेत यहाँका अधिकांश गाविस सचिवले दोस्रो किस्ता रकम पनि लगेका छैनन् । ७९ गाविस मध्ये १० गाविसले अझै दोस्रो किस्ता रकम माग गरेका छैनन् भने ६४ गाविसले मात्र दोस्रो किस्ता निकासाका लागि माग गरेका छन् ।
आर्थिक वर्षशुरू भएपछि प्रत्येक चार महिनामा लैजानु पर्ने पू“जिगत खर्चको रकम सबै गाविस पहिलो किस्ता समेत चैत्र महिनामा लगेका हुन् । पहिलो किस्ताको खर्च फाँटबारी पेश गरेपछि दोस्रो किस्ता माग गर्नुपर्ने भएकाले दोस्रो किस्ता समेत सचिवहरूले माग गर्न नपाएका हुन् । दोस्रो किस्ता खर्चको फाँटबारी देखाएर तेस्रो किस्ता माग गर्ने सम्भावना कम भएकाले जिल्लाको विकासका लागि आएको झण्डै ३ करोड रकम फि्रज हुने सम्भावना बढेको छ ।
जिविसले दिएको जानकारी अनुसार असार दोस्रो सातासम्मा जिल्लाका ६९ गाविसले दोस्रो किस्ता निकासाका लागि माग मात्र गरेका छन् । १० गाविसले अझै दोस्रो किस्ता रकम समेत माग गरेका छैनन् । जिविसको योजना तथा अनुगमन फाँटका भिमसेन थापाका अनुसार जिल्लामा यस वर्ष८ गाविसमा २१ लाख ५० हजार, ६७ गाविसमा १९ लाख ५० हजार, ३ गाविसमा १५ लाख ५० हजार र १ गाविसमा २४ लाख ५० हजार रकम निकासा भएको थियो । सबै भन्दा बढी रकम २४ लाख ५० हजार रकम आउने सदरमुकाम रहेको तम्घास गाविसले त पहिलो किस्ता पनि जेठ अन्तिम साता मात्र निकासा लगेको छ । पहिलो किस्तो लिएको १५ दिन भयो’, गाविस सचिव झविन्द्रलाल भण्डारीले भने, दोस्रो किस्ता यसै हप्ता माग गरेको छु ।’ काम भैसकेकाले रकम आउनासाथ वितरण गरेर तेस्रो किस्ता पनि माग गर्ने उनले बताए । अधिकांश गाविस सचिवहरूले गाउ“मा राजनीतिक खिचातानीले परिषद गर्न ढिलाई भएको र योजनाहरूमा समेत विवाद हुने गरेकाले समयमै गाउँ परिषद गर्न नसक्दा निकासामा समस्या परेको बताए । जिविसका अनुसार जिल्लाको विकासका लागि गाविस मार्फत आएको १२ करोड ३१ लाख ७० हजार रकम मध्ये असार १५ सम्ममा झण्डै ५ करोड रकम निकासा भएको छ । त्यस्तै झण्डै ४ करोड रूपैंया पनि निकासाको तयारीमा रहेको जिविस सहायक लेखापाल प्रेम भण्डारीले बताए । बाँकी रकम पनि गाविस सचिवहरूले समयमै निकासा माग गरेमा असार २५ भित्रै निकासा गरिने उनको भनाई छ ।
गाविस सचिवहरूले भने रकम निकासा भएमा १० दिनमै सबै रकम वितरण गरेर सकिने बताउँछन् । निकासा हुनुपर्‍यो सबै रकम बितरण गरेर सकिन्छ ।’, गाविस सचिव हक हित संरक्षण समितिका अध्यक्ष विष्णुप्रसाद पन्थीले भने, ठुला काम भैसकेका छन्, साना तिना काम पनि रकम प्राप्त हुनासाथ सम्पन्ने हुनेछन् ।’ पन्थीले गाविसमा आप\mना पक्षमा योजना पार्न राजनीतिक दलले गर्ने विवाद, प्राविधिकहरूको ढिलासुस्ती र अन्य विभिन्न समस्याले निकासा ढिला हुने बताए । मेरै गाविसमा ५ पटकमा बल्ल परिषद भयो’, उनले भने,हामीले मात्र गरेर हुदैन, निर्देशिका अनुसार गर्दा विवादै विवादले ढिला हुन्छ ।’
अधिकांश सचिवहरूले भने गाउ“मा उधारोमै धेरै विकासका काम भएकाले असारको अन्त्यमा भएपनि निकासा लगेर विकासको ऋण तिर्ने बताएका छन् । गाविसहरूको कुनै पनि रकम फीरज नहुने सचिवहरूको दावी छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग