Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक एवं निजी जंगलहरूमा बढ्दो वन्यजन्तु चोरी शिकार

Published on 2:32:00 AM //

घनश्याम गौतम
गुल्मी/स्थानीय प्रशासनले द्वन्द्वकालमा नियन्त्रणमा लिएका हतियारहरू फिर्ता गरेपछि जिल्लाका विभिन्न जंगलहरूमा बन्यजन्तुको अबैध चोरी शिकारी बढेको छ । जिल्लाकै गहना र सदरमुकामसंगै जोडिएको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुगा जंगलमा पनि दिनहुँ चोरी शिकारी बढ्दो छ ।
रेसु·ा जंगलको पराल्मी, बलिथुम, जुभु· र गौडाकोट क्षेत्रमा दिनदिनै मृग, कालिज, घोरल लगायतका बन्य जन्तुको चोरी शिकारी भैरहेको हो । त्यस्तै जिल्लाकै विशुखर्क, हर्रया, शान्तिपुर, फोक्सि·, ग्वाघा, भार्से पश्चिमका मदाने लगायतका जंगलहरूमा पनि बन्यजन्तु चोरी शिकारी बढीरहेको छ । पछिल्लो समयमा द्वन्द्वकालमा प्रहरी नियन्त्रणमा राखिएका बन्दुक, टुटु लगायतका हतियारहरू स्थानीय प्रशासनले फिर्ता गरे लगत्तै जंगलमा चोरी शिकारी बढेको सामुदायीक बन उपभोक्ता समितिहरूले जनाएका छन् ।
बढ्दो बन्यजन्तुको चोरी शिकारी रोक्न र रेसु·ा क्षेत्रको पुराना संरचनाहरूको संरक्षण गर्दै नयाँ विकासका पुरर्वाधारहरू तयार गर्न यस क्षेत्रका सरोकारवालाहरूले माग गरेका छन् । सरोकारवालाहरूले चोरी शिकारी समयमै नियन्त्रण नभएमा यसको महत्व र पयर्टकीय क्षेत्र दुवै हराएर जाने उनीहरूको गुनासो छ । त्यस क्षेत्रका सामुदायीक बन उपभोक्ता समितिहरूले बन्यजन्तु नियन्त्रणका लागि सहयोग गर्न स्थानीय प्रशासन समक्ष समेत माग गरेका छन् । दुइ वर्षअघिसम्म झण्डै तिन सय मृग रहेको रेसुगा जंगलमा अहिले १ सय पनि नभएको उनीहरूको अनुमान छ । रेसुगा जंगलको बलिथुम, जुभु·ङ् र गौडाकोट क्षेत्रमा बढी मृग मार्ने गरिएको छ ।’ रेसुगासंगै जोडिएको जामुनधारा सामुदायीक बनका अध्यक्ष बलबहादुर थापाले भने-ँपहिला बाक्ले देखिने मृग अहिले देखिनै छोडेका छन् ।’ मारेकै देखेपनि आप\mनै ज्यान जाने डरले त्यसको नियन्त्रण गर्न नसकिने सामुदायीक वन उपभोक्ता समितिहरूको गुनासो छ । नमार भन्दा त्यो बन्दुक हामी तिरै सोझिन्छ ।’-सिलामखुरिया सामुदायीक बनका एक पदाधिकारीले भने । जिल्ला प्रशासनले द्वन्द्वकालमा नियन्त्रणमा लिएका हतियारहरू अहिले नबिकरण गरी फिर्ता गरिरहेको छ ।
जंगलहरूमा बन्यजन्तु चोरी शिकारीका सामान्य जानकारीहरू आएपनि ठुलो जंगल क्षेत्र रहेको रेसु·गामा प्रशासन र एक्लो प्रहरीले केही गर्न नसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायवउपरिक्षक राजेन्द्रकुमार पालिखेले बताए । सामान्य जानकारी हुने गरेपनि कतिबेला र कसरी हुनर्गर्छ भन्ने जानकारी दिदैनन् ।’-उनले भने । सामुदायीक वन उपभोक्ताहरू, बन कार्यालय र सरोकारवालाले यस्तो सहयोग गर्नुपर्‍यो भनेर आएमा प्रहरी तयार रहेको उनले बताए । जिल्लाका अन्य जंगलहरूको बारेमा भने कुनै जानकारी नआएको प्रहरीको भनाई छ । रेसुगा जंगल यहाँको धार्मिक र पर्यटकीय दृष्ट्रिकोणले अत्यन्त महत्वपुण क्षेत्र हो । त्यस्तै पुननिर्माण भैरहेको रेसुगाका पुराना र ऐतिहासिक संरचनाहरू ध्वस्त नगरी निर्माण अगाडी बढाउन पनि सरोकारवालाहरूले आग्रह गरेका छन् । पुराना संरचनाहरू नष्ट गरिनु हु“दैन ।’-रेसु·गाको धार्मिक महत्वका विज्ञ दीन पन्थीले भने-यहाँका दुइ सय वर्षपुराना संरचनाको धार्मिक महत्व बढी छ ।’
त्यस्तै विशुखर्क गाविस-६ र ७ वार्डमा रहेको गाञ्जिव सामुदायीक बनमा पनि दैनिक बन्यजन्तु शिकार भैरहेको उपभोक्ता समितिका सदस्यले बताए । त्यस्तै शान्तिपुरको जोइडाूडा र नीजिबनहरूमा पनि बन्यजन्तुको शिकार हुने गरेको छ । ग्वाघा, भार्से फोक्सि· लगायतका सामुदायीक एवं नीजि जंगलहरूमा जंगलमा काजिल मार्ने शिकारीहरू दिउसो र साँझमा बढी सक्रिय हुने गर्दछ् । यस्ता जंगलमा मारिएका कालिजहरू सरदुमकाम तथा जिल्लाका अन्य बजारहरूमा ३ सय ५० देखि ६ सय रूपैंया प्रति किलो बिक्रि हुने गर्दछन् । सरकारले जिल्लाका बन जंगल क्षेत्र एवं धार्मिक र पर्यटकीय क्षेत्रहरूको संरक्षण गरी पर्यटन परबर्धन गर्न तिन वर्षअगाडी रूरू रेसु·ा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गठन गरेको थियो । समितिले पुराना संरचनाहरूको जगर्ना गर्दै नयाँ पर्यटकीय स्थलहरूको निर्माण गरिरहेको छ । ँसंरचना जोगाउने काम भैरहेपनि चोरी शिकारी नियन्त्रण गर्न सकिएको छैन ।’-रूरू रेसु·गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी निर्देशक अर्जुन आचार्यले भने-ँत्यसको लागि राजनीतिक दल र स्थानीय प्रशासनको सहयोग जरूरी छ ।’ चोरी शिकारी रोक्न पनि आवश्यक पहल भैरहेको उनले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग