Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्तिममा थपियो योजनाको रकम

Published on 1:34:00 AM //

गाविस सचिवहरूले दोस्रो किस्ता माग गर्न समेत नभ्याएका बेला अर्थ मन्त्रालयले भने जिल्लाका विभिन्न योजनाका लागि उपभोक्ता समिति मार्फत काम गर्ने गरी थप २ करोड २१ लाख ५० हजार रकम निकासा पठाएको छ ।
जिविस स्रोतका अनुसार जिल्लाका शिक्षा, खानेपानी, सिंचाई र सडक योजनाका लागि असारको अन्तिम साता अर्थ मन्त्रालयबाट जिविसको खातामा रकम आएको हो । २२ वटा योजनाका लागि जिविसमा आएको रकम मध्ये सबै भन्दा बढी सडकमा छ । सडकमा १ करोड ७६ लाख, चार वटा विद्यालयको भवन निर्माण र भौतिक पुर्वाधार विकासका लागि २० लाख, २ वटा खानेपानीका लागि १० लाख र ३ वटा सिंचाई योजनाका लागि १५ लाख रकम थप आएको हो ।
असार अन्तिम साता रकम आएकाले उपभोक्ता समिति गठन गरेर सम्झौता गरी काम सम्पन्न जिविसलाई समस्या परेको छ । ँसम्झौता गरेर सकियो ।’-जिविसको योजना शाखाका तेजेन्द्र थापा मगरले भने, उपभोक्ता समितिहरूले काम पनि गरिरहेका छन् ।’ जिविसका अनुसार अधिकांश सडकका लागि २० र १५ लाखका दरले रकम आएको छ । पछिल्लो समयमा रकम एमाले केन्द्रिय सदस्य एवं पुर्व सांसद गोकर्ण् िवष्टले अर्थ मन्त्रालयबाट सिधै रकम पठाएका हुन् । अन्य जिल्लामा प्रिmज जाने भएपछि जिल्लाको विकासका लागि रकम पठाउने व्यवस्था मिलाएको हु“ ।’, उनले भने, ढिला भएपनि छिटो काम गरी खर्च गर्न लगाएको छु ।’ जिविसले भने रकम ढिला आएकोले कुनै योजनाको समयमै काम सम्पन्न गर्न अप्ठ्यारो परेको जनाएको छ ।
जिविसका स्थानीय विकास अधिकारी नरेशकुमार चापागाईले भने पछिल्लो रकमको पनि काम भैरहेको र सम्झौता भईसकेका केही योजना सम्पन्न भै सकेको बताए । ’केही योजना त सकिइसके ।’, उनले भने, सबै योजना समयमै सम्पन्न हुन्छन् ।’ रकम आएका अधिकांश सडक योजना भने यस अघि काम भैरहेका योजना छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग