Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुणस्तरहीन सामाग्री प्रयोगले विद्यालयको भवन भत्कियो

Published on 3:03:00 AM //

घनश्याम गौतम
निर्माणमा कम गुणस्तरको सामाग्रंी प्रयोग भएपछि गुल्मीको दर्लामचौर गाविस स्थित ठाढुङ्गा माध्यामिक विद्यालयको पक्की भवन निर्माण भएको आठ वर्षनपुग्दै भत्किएको छ ।
२०५८ सालमा गुल्मी अर्घाखाँची ग्रामिण विकास परियोजना (GARDP) को १० लाख आर्थिक सहयोग र स्थानीयको ९ लाख गरी १९ लाखको लागतमा निर्माण भएको पाूच कोठे भवनको छत अहिले भत्किन लागेको छ । छत खस्ने डरभएपछि विद्यार्थीहरू पक्की भवन हु“दाह“ूदै पनि चउरमा बसेर पढन बाध्य छन् ।
निर्माणका बेला परियोजनाले तिन जना ठेकेदारलाई जिम्मा दिएको थियो । तिन ठेकेदार मध्ये अहिले एक जना गाउ“मा छैनन् । निर्माण कार्यमा संलग्न ठेकेदारले अहिले भवन निर्माणमा कम गुणस्तरको सामाग्री प्रयोग गरेको स्वीकार गरेपनि दोष भने एकले अर्कालाई लगाउने गरेका छन् । भवन निर्माणका लागि स्थानीय नरेन्द्र कु“वर, टिकाराम खनाल र पदम कु“वरले जिम्मा लिएका थिए ।
भवन निर्माणमा केही अनियमितता भएको तिन मध्येको २ ठेकेदारले स्वीकार गरेका छन् । तर एकले अर्कोलाई दोष लगाएर उम्कने प्रयास उनीहरूको छ । सबै कमसल सामाग्री प्रयोग भएका कारण विद्यालयको छतका छड र सिमेन्ट छुट्टाछुट्टै भैसकेको छ । छतको अधिकांश भागबाट पानी चुहिएर कोठामा समेत बस्न नसकिने अवस्था भएकाले विद्यार्थीलाई चौरमा राखेर पढाउने गरिएको प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले बताए । निर्माण सम्पन्न भएको एक वर्षछि नै छड छुट्टनिे र पानी चुहिने भएको उनले जानकारी दिए । तर माओवादी द्वन्द्वका कारण गार्डेप जिल्लाबाट हिडेकाले यसको अनुगमन गर्ने निकाय नै नभएकाले समस्या भएको उनले बताए ।
निर्माणका बेला बालुवा, गिट्टी र सिमेन्टको मात्रा आवश्यकता भन्दा अत्यन्तै न्यून राखेकाले यस्तो भएको हुनसक्ने अनुमान अहिले स्थानीय बासिन्दाले गरेका छन् । अनियमितता भयो भन्ने निर्माणकै क्रममा पनि जानकारी भएको थियो । तर प्राविधिक कार्यालयका कर्मचारीहरूले पनि जग र निर्माण सामाग्री कमजोर छ भन्दाभन्दै ठेकेदारसंग मिलेर सम्पन्न भएको मुल्याङ्कन गरिएको तत्कालिन गाविस सचिव तोयनारायण सापकोटाले बताए । ँदर्ुइ तला बनाउन मिल्ने गरी लागत इष्टिमेट गरिएको थियो ।’, सापकोटाले भने, ँतर प्राविधिकले जग देखिकै गुणस्तर राम्रो नभएको भनेपनि एक तला स्वीकृत गरिदिए ।’ भत्काएर अर्को तला थप्न मिल्ने गरी जग बनाउन सम्भव नभएपछि सबै चुप लागेको उनले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग