देशको सम्झना: गाउँको वातावरण सम्झिरहन्छु
Published on
9:27:00 PM //
कतारका नेपालीबीच समाजसेवाको प्रयायको रूपमा चिनेने एक नाम हो- द्रोण बस्नेत । ४८ वषर्ीय द्रोण गुल्मी तुराङ- ३ का स्थायीवासी हुन् । हाल उनी गुल्मी सेवा समाजका अध्यक्ष पनि हुन् । पेसाले बिजुलीको काम गर्ने, बिजुली बाजेको हातमा जहिले पनि एउटा कालो ब्याग हुन्छ । यस ब्यागलाई गुल्मी सेवा समाजको कार्यालय बुझे पनि हुन्छ ।
उनको बिजुलीको काम गर्ने टुल बक्स भने पनि हुन्छ । उनको चल्तीको डेरा भने पनि हुन्छ । कारण यसमा समाजको लेटरप्याडदेखि छापसम्म हुन्छन् । बिजुलीको काम आइपर्यो भने यसलाई मर्मत गर्ने औजार पनि हुन्छन् र एक जोड लुगा फाटो पनि हुन्छन् । जहाँ जुन किसिमको काम आइपर्यो उनी त्यहीबाट त्यतातिर प्रस्थान गर्छन् । कतारको कमाइबाट आफ्ना पाँच सन्तानलाई आधुनिक शिक्षा दिदै छन् । काठमाडौं र बुटवलमा घडेरी पनि जोडेका छन् । आफू भने गाउँमै बस्ने मनस्थितिमा छन । उनै द्रोण बस्नेत्सँग कान्तिपुरले लिएको अन्तर्वाता
कसरी आउनुभयो कतार ?
कतार आउनुपूर्व म नेपालकै गोरखकाली टायर उद्योगमा इलेक्टि्रसियनको काम गर्थे । अत्यन्तै राम्रो काम थियो । साथीहरू पनि अत्यन्तै मिल्ने थिए । तर मेरो व्यवस्थापनसँग मन मिल्न सकेन । दिनदिनै किचलो गर्नुभन्दा बाहिर गएर रोजीरोटी कमाउनु बेस ठानेर ९८ मा कतार आएँ ।
कतारको सुरुको बसाइ कस्तो रह्यो ?
तपाईलाई आश्चर्य लाग्न सक्छ । म सुरुमा कतार आउँदा कम्पनी नभेटाएको कारण १३ घन्टा एयरपोर्टमै बस्नुपरेको थियो । पछि मलाई भिसा पठाउने पसल नै टुटिसकेको जानकारी पाएँ । धेरै दिनको मिहनतपछि भिसा लाग्यो । अत्यन्तै थोरै तनाखामा एक वर्ष बिताउनुपर्यो । पछि केही दिन भागेर पनि काम गरियो । फेरि राम्रो कम्पनी खोजेर चेन्ज लिएँ ।
१० वर्षमा कतारमा कति परिर्वतन पाउनुभयो ?
कतारमा भएको विकास निर्माणलाई शब्दमा बयान गर्न कठिन छ । कतारको यो आधुनिक रूप चार वर्षमा भएको हो ।
नेपाली समाजमा के फरक देख्नुहुन्छ ?
धेरै फरक छ । म आउँदाको बखत मेरो गाउँबाट कतार आउने म आठौं व्यक्ति थिए । अहिले मेरो गाउँकै मात्र ४० भन्दा बढी युवक छन् । ११ वर्षमा नेपालीको संख्या पाँच छ गुणाले बढेको छ । नेपालीको संख्या थोरै भएर होला पहिले एकआपसमा अत्यन्त राम्रो सम्बन्ध हुन्थ्यो अहिले यस्तो मधुर सम्बन्ध छैन ।
सम्बन्धलाई कस्ले प्रभावित गर्यो त ?
नेपालीको संख्या बढी भएर पनि हुन सक्छ । अनि पछिल्लो समयमा कतारमा आस्थाको आधारमा बढी चलखेल भयो । जसले एकआपसमा विभाजन ल्याएको छ तर समग्रमा अहिले पनि नेपालीहरूको बीचमा राम्रै सम्बन्ध छ ।
नेपाली चेलीहरू कतारमा बिचल्ली पर्ने घटना दोहरिरहन्छ । कसरी रोक्न सकिन्छ ?
सबभन्दा पहिले त कुनै पनि नेपाली चेली खाडी मुलुकमा घरको काम -खदामा) मा आउनुहुन्न भन्ने मेरो मान्यता हो । नेपाल सरकारले खाडी मुलुकका लागि खदामाको भिसा रोक्का पनि गरेको छ तर केही दलालहरू हाम्रा चेलीहरूलाई भारतको विभिन्न नाका मार्फत खाडी मुलुक पुर्याउने गर्छन् । यस्ता दलालहरूमाथि कडा कानुनी कारबाही नगरेसम्म यो अपराध चलिरहन्छ ।
यहाँ बसेर मुलुकलाई कसरी सम्भिmनुहुन्छ ?
म त एक वर्षअघिदेखि नै कतार छाडेर मुलुकमै रोजीरोटी गर्ने सोचमा छु तर मुलुकको अवस्था दिनदिनै बिगि्रँदो छ । छोराछोरीको पढाइ खर्च पनि बढ्दो छ । यहाँ बसेर पनि हरेक क्षण मुलुकलाई नै सम्भिmरहन्छु । खासमा हाम्रो गाउँसम्म पुगेको सडक, मोबाइल फोन र चौबीसै घन्टा बल्ने बिजुली बत्तीको सम्झना आइरहन्छ ।
0 प्रतिकृयाहरु