Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'गाउँमै पढ’

Published on 3:34:00 AM //

घरकै पिठो खाएर गाउँकै उच्च माध्यमिक विद्यालयमा पढ्न जैसीथोकका अभिभावकले छोराछोरीलाई आग्रह गरेका छन् । गाउँको पाञ्चायन मावि यस वर्षदेखि उच्चमावि बनेपछि अभिभावकले यस्तो आग्रह गरेका हुन् ।

बिहीबार आयोजित बधाई तथा शुभकामना आदान-प्रदान कार्यक्रम अविभावकले लामो समयदेखि आफ्ना छोराछोरीलाई गाउँमै उच्चशिक्षा पढाउने सपना पूरा भएको बताए । यसअघि सो गाविसबाट एसएलसी उत्तीर्ण गरेका विद्यार्थी उच्चशिक्षा अध्ययन गर्न एकदेखि दुई घन्टासम्म पैदल हिँडेर छिमेकी गाविस बस्तुमा रहेको उच्चमाविमा जानुपर्ने बाध्यता थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व सांसद टंकप्रसाद पोखरेलले गाउँका विद्यार्थीलाई गाउँमै उच्चशिक्षा पढाउने लामो समयदेखिको सपना साकार भएको बताए । विद्यालयका प्राचार्य टेकबहादुर श्रेष्ठले विद्यालयमा गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता व्यक्त गरे ।

स्रोत: नयाँपत्रीका

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग