Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निजी लगानीमा बिजुली

Published on 10:05:00 PM //

विद्युत सेवाबाट बञ्चित अर्जै गाविसका बासिन्दाहरूले वाग्ला गाविसको अर्नाक खोलाबाट पानी ल्याएर बिजुली निकालेका छन् ।
झण्डै ७ किलोमिटर टाढाको खोलाबाट पानी ल्याएर २० घर परिवारले नीजि लगानीमा झण्डै ४ लाखको लगानीमा बिजुली बालेका हुन् । बिजुलीका लागि अर्जै गाविस-९ फुलबारीका २० घर परीवारले प्रति परीवार १४ हजारका दरले रकम संकलन गरेका छन् । त्यस्तै १ लाख ५५ हजारको जनश्रमदान समेत गरी २ लाख ८० हजारको लागतमा १ किलोवाट बिजुली उत्पादन भएको स्थानीय बालु गिरीले बताए ।
उत्पादन भएको बिजुलीको मर्मतका लागि उपभोक्ताहरूबाट मासिक २५ रूपैंया संकलन गर्ने गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग