Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोमा बृक्षारोपण

Published on 10:05:00 PM //

बषौं देखि सुख्खा र बर्षो पहिरोले सताएपछि रूपाकोटका गाउँलेले पहिरो नियन्त्रणका लागि बृक्षारोपण गरेका छन् ।
नेपाल रेडक्रस सोर्साईटीको उपशाखा, नेपाल जुनियर रेडक्रस र्सकल र प्रकोप जोखिम न्यूनिकरणर् इकाईको संयुक्त आयोजनामा रूपाकोट गाविसको मर्‍या·दी पहिरोमा बृक्षारोपण गरीएको हो ।
रूपाकोट गाविसका ५, ६, ७ र ८ वार्डका सयौं घर धुरीलाई जोखिममा पारेको मर्‍या·दी पहिरो जिल्लाकै ठुलो पहिरो हो । पहिरोमा बकाईनो, उत्तिस, चिउरी, कोईरालो, लाँकुरी, बाँस, संजिवन, सिम्ली, लगायतका झण्डै एक हजार विरूवा रोपिएको स्थानीय लक्ष्मीपति गैरेले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग