Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बलेको दुइ महिनामै बिग्रियो बिजुली

Published on 2:15:00 AM //

विजुली बलेको दुइ महिनामै गुल्मीको बम्घा गाविसको सामुदायीक विद्युतीकरणमा खराबी आएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।
ठेकेदारको लापरवाहीका कारण बलेको दुइ महिनामै बत्ति बन्द भएपछि उपभोक्ता मर्कामा परेका हुन् । उपभोक्ताहरूका अनुसार गत चैत २७ गतेबाट बाल्न शुरू गरिएको बम्घा सामुदायीक ग्रामिण विद्युतीकरणको लाइटि· एरेस्टर, डियो लगायतका सामाग्रीमा खराबी आएपछि एक साता देखि बम्घासमा बिजुली बन्द छ । बम्घा गाविसको बोटे गाउँ लगायत गाउँमा सामुदायीक ग्रामिण विद्युतीकरणको जिम्मा जय दुर्गे ज.वि. कन्ट्रक्सन प्रा.लि.ले पाएको थियो । बिजुली ब्रि्रेका कारण बम्घा मोवाईल चार्ज गर्न समेत २ घण्टा टाढा जानुपर्ने बाध्यता भएको बम्घा गाविस-२ की पबित्रा माझीले बताइन ।
ग्रामिण सामुदायीक विद्युतीकरण गर्ने ठेकेदारले बिजुली सुचारू गरेपनि अझै समुदायलाई हस्तान्तरण गरेको छैन् । हस्तान्तरण गरेको एक वर्षम्म पनि बिजुली मर्मतको जिम्मा ठेकेदारकै हुने भएकाले प्राधिकरणले पनि मर्मत तर्फ चासो दिएको छैन् । पटक पटक मर्मतका लागि ठेकेदारलाई आग्रह गर्दा पनि सुनुवाई नभएको समितिका कोषाध्यक्ष रामप्रसाद भण्डारीले बताए । बिजुली नियमित नहुँदा गाउँका झण्डै ५ सय घरधुरी प्रभावित छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग