Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँ गाउँमा सरकारी रासायनिक मल विक्रेता

Published on 10:02:00 PM //

घनश्याम गौतम
गुल्मी/ कृषि विकास कार्यालयले जिल्लाका एक दर्जन सहकारी संस्था मार्फत गाउँ गाउँमा किसानलाई रासायनिक मल उपलब्ध गराएको छ ।कार्यालयको सिफारिसमा कृषि सामाग्री कम्पनी लिमिटेड भैरहवाले जिल्लाका ११ सहकारी संस्थालाई मार्फत ५० टन रासायनिक मल उपलब्ध गराएको हो । कृषि विकास कार्यालयले सम्बन्धित गाविसलाई पाएक पर्ने गरी सबै प्रकारका मल विक्रि गर्न ११ सहकारीलाई विक्रेताको प्रमाणपत्र उपलब्ध गराएको छ । सरकारी अनुदानको मल ति सहकारीले मात्र विक्रि गर्न पाउनेछन् । गाउँ गाउँमै रासायनिक मल उपलब्ध भएपछि कृषकले राहतको महशुस गरेका छन् । किसानले प्रति के.जी. १३ रूपैंया देखि १९ रूपैंयासम्ममा युरिया मल पाएका छन् ।
कृषि कार्यालयले कृषकहरूलाई गाउँमै मल सुविधा पुगोस भनेर सुपथ सहकारी पसल मार्फत मल उपलब्ध गराउने निर्णय गरेको कृषि कार्यालयले जनाएको छ । सहकारी मार्फत गाउँ गाउँमा मल उपलब्ध भएपछि स्थानीय व्यापारीहरूले मलको कृतिम अभाव सिर्जना गरी चर्को मुल्यमा बेच्ने कार्य बन्द भएको छ । गाउँमा स्थानीय व्यापारीहरूले अबैध मल ल्याएर प्रति किलो ४० रूपैंयासम्ममा विक्रि गर्ने गरेका थिए ।
यो वर्षत मल निकै सस्तो पाइयो’ -सिमलटारीका कृषक चोपलाल शर्माले भने, गत वर्ष४० रूपैंया किलोको तिर्दा पनि मुस्किलले पा“च किलो पाएको थिए“ ।’ गाउ“का सहकारी मार्फत मल उपलब्ध गराएपछि कृषकलाई ठुलो राहत मिलेको कृषि कार्यालयका प्रमुख परशुराम अधिकारीले बताए । ँसमयमै मल पनि पाए’, उनले भने, गत वर्षो जस्तो चर्को मुल्य पनि तिर्नु परेको छैन् ।’ गाउँमा पुगेको सरकारी कोटाको मल वितरणमा अनुगमन गर्न भने नपाईएको उनले बताए ।
११ सहकारी मार्फत जिल्लाका ७९ वटै गाविसमा रासायनिक मल पुर्‍याउने निर्णय गरेपनि भैरहवामा मल अभावका कारण केही गाविसमा पुग्न बाँकी रहेको कृषि कार्यालयले जनाएको छ । मल झण्डै ६० गाविसमा पुगेको छ । तत्कालका लागि युरिया मात्र उपलब्ध गराएको भएपनि पोटास, डि.ए.पी., लगायतका मल पनि सहकारी मार्फत नै छिट्टै गाउँ गाउँ पुर्‍याउने तयारी भैरहेको कार्यालयले जनाएको छ ।
७ गाविसका कृषकलाई मल विक्रिको स्वीकृती पाएको शान्तिपुरको चक्रेश्वर महिला बहुउद्देश्यीय सहकारी संस्थाले भैरहवाबाट ल्याएको एक सातामा मल विक्रि गरेर सकिएको जनाएको छ । कृषि सामाग्री कम्पनीले सहकारीलाई ७ गाविसका लागि ४ टन युरिया मल उपलब्ध गराएको थियो । युरिया विक्रि भैसक्यो’, विक्रेता चन्द्रकला शर्माले भनिन, अन्य मल नआएकाले समस्या भएको छ ।’

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग