Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवा र आमाहरू मदिरा नियन्त्रणमा

Published on 10:01:00 PM //

जाँड रक्सी सेवनबाट गाउँका युवामा विकृति बढेको भन्दै धुर्कोट रजस्थलका युवा तथा आमा समुहहरू मदिरा नियन्त्रणमा जुटेका छन् ।
गाउ“को कल्याणकारी युवा समुह, लालीगुराँस र उज्वल बहेउद्देश्यीय आमा समुहका पदाधिकारी एवं सदस्यहरू मदिरा नियन्त्रण अभियानमा जुटेका हुन् । दुवै समुहले आइतवार र सोमबार गाउँका होटल एवं घरहरूमा छापा मारेर मदिरा बरामद समेत गरेका छन् ।
कल्याणकारी युवा समुहका अध्यक्ष धनिश्वर पन्थीले पसल र घरमा छापा मार्दा फेला परेको झण्डै १ सय लिटर मदिरा नष्ट गरी पहिलो पटकलाई ५ सय रूपैंया जरिवाना गरिएको बताए । तत्कालका लागि नियन्त्रण अभियान शुरू गरिएको र विस्तारै गाउँलाई मदिरा निषेधित गाउँ बनाईने उनको दावी छ

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग