Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले पचास घर विस्थापित

Published on 2:37:00 AM //

कान्तिपुर दैनिक

हस्तिचौरमा गएको पहिरोले ५० घर विस्थापित भएका छन् भने सयभन्दा बढी घर खतरामा परेका छन् ।

विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याउने क्रम जारी रहेकाले क्षति अझै बढ्ने सम्भावना छ । वषर्ाले हस्तिचौरको मल्दी र मुसिकोट अमराई जोड्ने पुल भत्काइदिएको छ । पुल नजिकका १२ भन्दा बढी घर जोखिममा छन् । बडागाउँबाट मुसिकोट हुँदै पौदीअमराई जाने झन्डै ८ किलोमिटर खण्डमा गएको पहिरोले आवागमन ठप्प भएको छ । हस्तिचौर-५ को एक्लेखेत-थापाचौर सिंचाइ परियोजनाको नहर भत्काएपछि ७५ रोपनी खेतमा सिंचाइ हुन सकेको छैन । नहर दुई महिनाअघि ३ लाखको लागतमा निर्माण गरिएको स्थानीयबासी गोविन्दभक्त पौडेलले बताए । सोही वार्डका ८ घर पनि पहिरोका कारण जोखिममा परेका छन् ।

कुलोको बाँध निस्ती खोलाले बगाइदिएको छ भने विभिन्न ७ ठाउँमा पहिरो गएकाले पुनः निर्माणमा समेत समस्या परेको छ ।इश्मारजस्थल गाविसमा गएको पहिरोले भुपाल खड्का र केशबहादुर खड्काको घर पहिरोले बगाइदिएपछि दुवै परिवार विस्थापित भएका छन् । त्यस्तै इश्माकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको ६ कोठे भवन पनि पहिरोले भत्काइदिएको छ । बिरबास-८ मा पनि नगेन्द्रकिरण ठकुरीको चारतले पक्की घर पहिरोले बगाइदिएपछि ६ जनाको परिवार विस्थापित भएको स्थानीय न्युटन बराइलीले बताए ।

जिल्लाका बढीघाट, छल्दी, निस्ती खोलामा आएको बाढीका कारण हजारौं रोपनी खेत बगाइदिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग